२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा वरियतामा नेपालको एक स्थान सुधार, ब्राजिल तेस्रो स्थानमा



अ+ अ-


काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपालले आफ्नो स्थान सुधार गरेको छ ।
गएराती सार्वजनिक गरेको तालिकामा नेपाले एक स्थान सुधार गरेको हो ।

यो नयाँ अंक तालिका अनुसार नेपाल १ हजार १ अंकसहित १ सय ६१ औँ स्थानमा उक्लिएको छ । फिफाको वरियतामा केहि सुधार गरेपनि दक्षिण एसियाली मुलुकमध्ये नेपाल तेस्रो स्थानमै यथावत रहेको छ । दक्षिण एसियाली मुलुकमा भारत ९७ औँ स्थानसहित पहिलो, १ सय ५२ औँ स्थान सहित माल्दिभ्स दोस्रोमा रहेको छ । नेपाल पछि भुटान, बंगलादेश, पाकिस्तान र श्रीलंका छन् ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा रहदा बिश्व बिजेता फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा कायम छन् । नयाँ वरियताको ८१ औँ स्थानसम्म कुनै परिवर्तन भएको छैन् ।