• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

म्याग्दीमा भिषण आगलागी, लाखौको क्षती



म्याग्दी सदरमुकाम बेनीमा एक घरमा आगलागी हुँदा करीब रु १३ लाख बराबरको क्षति भएको छ । बेनीको न्यूरोडस्थित विक्रम विकको चार तले घरको माथिल्लो तलामा रहेको कोठामा शुक्रबार बिहान आगलागी हुँदा रु १२ लाख ८५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ब्लकले बनाएको माथिल्लो तलाको कोठामा आगलागी हुँदा नगद रु २ लाख ७० हजार सहित महत्वपूर्ण सामानहरु जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक विर बहादुर बुढामगरले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत सर्ट भएर आगलागी भएको देखिएको प्रहरीले जनाएको छ ।
विहान करिब ८ बजे कोठाबाट धुवाँको मुस्लो निस्किएपछि आगलागी भएको थाहा पाएको घरधनी विकले बताउनुभयो । आगलागीमा तीन थान मोवाइल, गरगहना समेत जलेको बताइएको छ । स्थानीयबासी र प्रहरीको सहयोगमा करिब ४५ मिनेटको निरन्तर प्रयासपछि आगलागीलाई नियन्त्रणमा लिईएको थियो । रासस