२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न बेलायतको आग्रह



अ+ अ-


लण्डन । बेलायतले सिरियाबाट अमेरिकी सेना हटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले सिरियामा सक्रिय जिहादी शून्य समुदायको सङ्गठन, स्लामिक स्टेट (आइएसआइएस) पराजित भएको बुधबार एक ट्वीट मार्फत् बताउनुभएको थियो ।

बेलायतले भने सिरियामा लडाकूहरु विरुद्धको लडाई अझै नसकिएकाले अहिले नै अमेरिकी सेना फिर्ता गर्ने बेला नभएको बताएको छ ।

“दाएस विरुद्धको विश्वव्यापी गठबन्धनले ठुलो प्रगति त गरेको छ, तर उनीहरुबाट हुने चुनौती भने अझै पनि कायमै रहेको छ,” बेलायती प्रधानमन्त्री थेरेसा मेका प्रवक्ताले भन्नुभयो ।

देशको कुनै पनि क्षेत्र उनीहरुको चुनौतीबाट मुक्त नभएको पनि उहाँले बताउनुभयो ।

“बेलायती जनताको सुरक्षाका लागि सरकारले आवश्यक काम जारी नै राख्नेछ, साथै हाम्रो गठबन्धन र साझेदारहरुले पनि त्यसलाई सहयोग गर्नेछन्,” एक जना विदेशी कर्मचारीले भने ।

संचार माध्यमहरुले सिरियाबाट अमेरिकी सेना फर्काउने निर्णयमा अमेरिकाले बेलायतलाई कुनै सूचना नदिएको उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकी टेलिभिजन च्यानल सीएनएनले अमेरिकाले छिट्टै सिरियाबाट आफ्नो सैनिकलाई पूर्णरूपमा फिर्ता बोलाउने योजना रहेको बताउनु भएको थियो । उहाँले आइएस पराजित भइसकेको पनि दावी गर्नु भएको छ ।

आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा एक अधिकारीले पनि भनेका थिए, “सिरियाबाट सम्पूर्ण रूपमा सेना फर्किने तयार भइरहेको छ ।”

“हामीले सकेसम्म छिट्टै सिरियामा आफ्नो समूहलाई सघाउने सबैको सुरक्षाको प्रत्याभूत गराउँदै फर्किने तयारीमा छौँ ।”उनको भनाई थियो ।

अहिले सिरियामा अमेरिकाका झण्डै दुई हजार सुरक्षाकर्मी रहेको बताइएको छ । उनीहरु अधिकांश आइएस लडाकूहरुसँग लड्ने स्थानीय सुरक्षाफौजलाई सहयोग गर्ने काममा रहेका थिए । रासस