३० कार्तिक २०८१, शुक्रबार
,
Latest
सांसद बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेद्वारा नेका अनुसाशन समिति र संसदीय दलमा उजुरी ‘द ग्रेट इन्डियन कपिल शो’का निर्माताहरूलाई कानूनी सूचना दार्चुला जीप दुर्घटना अपडेटः घाइतेलाई सेनाको हेलिकप्टरमा धनगढी लगियो बेवारिसे नागरिकलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा छः सभामुख घिमिरे पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित इंग्ल्यान्डका बोपारा चितवन राइनोजमा उपनिर्वाचनः हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो एनपिएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक एकता सुदृढको पक्षमा नेकपा नेताहरु



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदनमथिको छलफलमा हालसम्म ४१ जना स्थायी कमिटी सदस्यले विचार राखेका छन् ।

गत मङ्सिर २९ देखि शुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८ बजेदेखि करिब तीन घण्टा बसेको थियो । बैठकमा नेताहरु ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ, अमिक शेरचन, मणि थापा, गोकर्ण विष्ट र छविलाल विश्वकर्माले बोल्नुभएको थियो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा छलफल चलिरहेको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भएगरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् ।

बैठकमा सरकारका कार्यसम्पादनका बारेमा नेताहरुले धारणा राख्नुभएको छ । अधिकांश नेताले पार्टी र सरकारमाथि विभिन्न शक्तिबाट आक्रमण भइरहेको अहिलेको समयमा आन्तरिक एकता सुदृढ गरेर जानुपर्नेमा सुझाव दिनुभएको छ ।

बैठकका क्रममा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रतिवेदन पेश गर्नुभएको थियो । बैठक शनिबार बिहान ८ बजेदेखि पार्र्टी केन्द्रीय कार्यालय धूम्रबाराही, काठमाडौँमा बस्ने गरी आज स्थगन भएको छ । रासस