२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणेशमान सिंह स्मृति किक बक्सिङ शुरु



अ+ अ-


काठमाडौँ । ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता ललितपुरको चापागाउँमा आजदेखि शुरु भएको छ ।

प्रतियोगिताको नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले उद्घाटन गर्नुभयो । प्रतियोगिताको पुरुषमा १० तथा महिलामा दुई गरी १२ स्पर्धामा १४८ खेलाडीको सहभागिता रहेको राष्ट्रिय खेलकूद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले जानकारी दिनुभयो ।

प्रत्येक तौल समूहमा पहिलो हुनेले रु २० हजार, दोस्रोले रु १० हजार र तेस्रो हुनेले रु पाँच÷पाँच हजार पुरस्कार पाउनेछन् । टोलीमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु ५०, २५, र रु १२ हजार ५०० पुरस्कार पाउनेछन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही रु १५ हजार प्रदान गरिनेछ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।