४ पुष २०८२, शुक्रबार
,
Latest
नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणेशमान सिंह स्मृति किक बक्सिङ शुरु



अ+ अ-


काठमाडौँ । ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता ललितपुरको चापागाउँमा आजदेखि शुरु भएको छ ।

प्रतियोगिताको नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले उद्घाटन गर्नुभयो । प्रतियोगिताको पुरुषमा १० तथा महिलामा दुई गरी १२ स्पर्धामा १४८ खेलाडीको सहभागिता रहेको राष्ट्रिय खेलकूद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले जानकारी दिनुभयो ।

प्रत्येक तौल समूहमा पहिलो हुनेले रु २० हजार, दोस्रोले रु १० हजार र तेस्रो हुनेले रु पाँच÷पाँच हजार पुरस्कार पाउनेछन् । टोलीमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु ५०, २५, र रु १२ हजार ५०० पुरस्कार पाउनेछन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही रु १५ हजार प्रदान गरिनेछ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।