४ पुष २०८२, शुक्रबार
,
Latest
नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाज्नीमा छ तालिबानी लडाकू मारिए



अ+ अ-

घाज्नी । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा तालिबान लडाकू र सरकारी सुरक्षाबलबीच भएको दोहोरो झडपको क्रममा कम्तीमा छ तालिबानी लडाकू मारिएका छन् ।

घाज्नी प्रान्तको खोगीआजी जिल्लामा भएको दोहोरो झडपमा परी छ लडाकू मारिनुको साथै अन्य तीन तालिबान घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले जानकारी दिनुभयो ।

नुरीका अनुसार खोगीआनी जिल्लाको करिज गाउँमा अज्ञात सङ्ख्यामा आएका तालिबान लडाकूले सुरक्षा चौकीमा आक्रमण गरेका थिए । घाज्नी प्रान्तमा सक्रिय तालिबान समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

उत्तरी अफगानिस्तानमा दश प्रहरी बेपत्ता

अफगानिस्तानको उत्तरी प्रान्त बादख्शान राजधानी शहर फैजाबादमा एक प्रहरी चौकीबाट दश अफगान प्रहरी अधिकारी बेपत्ता भएका प्रान्तीय प्रहरी प्रवक्ता सनउल्लाह रोहानीले बताउनुभएको छ ।

स्थानीय समयाअनुसार शुक्रबार बिहान ३ बजे सो घटना भएको रोहानीले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ । यस घटनाको अनुसन्धान शुरु गरिएको पनि रोहानीले जानकारी दिनुभयो । नाम नबताउने शर्तमा एक स्थानीय वासिन्दाले तालिबान लडाकू समूहले ती प्रहरीलाई शुक्रबार बिहान सबेरै अपहरण गरेका हुन् । रासस