४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

स्तरोन्नति भए पनि पूर्णरुपमा काम हुन सकेन

स्तरोन्नति भए पनि पूर्णरुपमा काम हुन सकेन
अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीको महेशपुर मूल भन्सार कार्यालय स्तरोन्नति भए पनि भौतिक पूर्वाधार संरचना र कर्मचारी अभावमा पूर्णरुपमा काम हुन सकेको छैन । यसअगावै छोटी भन्सार कार्यालयका रुपमा रहेकामा हाल मूल भन्सारमा स्तरोन्नति गरेपनि आवश्यक गोदाम, सडक तथा अन्य भौतिक पूर्वाधार संरचना पूर्वाधार प्रयाप्त नहुँदा पूर्णरुपमा काम हुन नसकेको हो ।

निकासी पैठारीमा समस्या आएको छ । मूल भन्सारका लागि आवश्यक भौतिक पूर्वाधार यस नाकालाई नहुँदा राजस्व सङ्कलनमा प्रत्यक्ष असर पुगेको देखिन्छ । आवश्यक बजेट र पूर्वाधार तयार पारेर मूल भन्सार कार्यालयलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन यस क्षेत्रका उद्योगी व्यवसायीले सरकारसँग माग गरेका छन् ।

महेशपुर नाका मूल भन्सारका रुपमा स्तरोन्नति हुनु निजी क्षेत्रका लागि गौरव भएकालाई तत्कालै राज्यले आवश्यकताअनुसार भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष केशव भण्डारीले जानकारी दिनुभयो ।

साँघुरो सडक भएका कारण ठूला सवारीसाधन चल्न नसक्दा यस नाकाबाट आयात निर्यात गर्न व्यवसायी मानेका छैनन् । क्वारेन्टाइन चेकपोष्ट, तरकारीका लागि विषादी मापन गर्ने प्रयोगशाला र गोदामका लागि आवश्यक र सडक चौडा बनाउन मूलरुपमा आवश्यक देखिन्छ । जग्गा अधिग्रहण गरी भौतिक पूर्वाधार संरचना व्यवस्थापन गर्ने मुख्य योजना रहेको महेशपुर भन्सार कार्यालयका प्रमुख प्रमुख हेमचन्द्र शर्माले जानकारी दिनुभयो ।

विसं २०१५ देखि छोटी भन्सारका रुपमा महेशपुर नाका गत असार २० गतेको मन्त्रिपरिषद्को बैठकले छोटी भन्सारलाई साउन १ गतेदेखि मूल भन्सारका रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । आवश्यक पूर्वाधार निर्माण गरेर पूर्णरुपमा भन्सार सञ्चालन भएमा यस क्षेत्रको विकास हुनुका साथै राज्यलाई पनि राजश्व सङ्कलनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

यस क्षेत्रमा अहिले सडक बिस्तार मुख्य चुनौती भएकाले यसका लागि स्थानीयले सहजीकरण गर्नुपर्ने प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले जानकारी दिनुभयो । महेशपुर नाकामा अब मुलुकभरका व्यवसायीको आयात र निर्यातको केन्द्र बन्ने भएकाले यस क्षेत्रका व्यापारी र स्थानीय हर्षित बनेका छन् । अहिलेको अवस्थामा महेशपुर नाकामा सडक सञ्जाल मुख्य समस्या देखिएकाले महेशपुर क्षेत्रका स्थानीयवासीले सडक विस्तारमा सहयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताउनुभयो । रासस