४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

मेची नदीको बालुवामा रिभरसाइड ‘बीच’ भलिबल

मेची नदीको बालुवामा रिभरसाइड ‘बीच’ भलिबल
अ+ अ-

भद्रपुर – झापा सदरमुकाम भद्रपुरस्थित मेची नदीको बालुवामा सुरु भएको रिभरसाइड ‘बीच’ भलिबल खेलमा आयोजक वडासहित २ र ३ नम्बर वाड विजयी भएका छन् ।

बिहीबारबाट सुरु भएको खेलमा वडा नम्बर ५ र १० बीचको पहिलो खेलमा आयोजक वडा विजयी भएको थियो । त्यसैगरी वडा नम्बर ३ र ९ को विचमा भएको दोस्रो खेलमा ३ नम्बर वाडले विजयी हासिल गरेको थियो । अन्तीम खेलमा वडा नम्बर १ र २ बिच भएको खेलमा पहिलो कोर्टमा १ नम्बरले जित हासिल गरेको थियो भने सोही टिमलाइ कोर्ट परिवर्तन गरि भएको खेलमा वडा नम्बर २ विजयी भएको थियो ।

खेलमा वडा नम्बर ५ का भरत यादव, ३ का प्रमोद पाण्डे र २ नम्बर वाडका सुनिल तामाङ् म्यान अफ द म्याच घोषित भएका थिए । घोषित खेलाडीलाइ गणेश पोखरेल,समृद्धि वचत तथा ऋण सहकारी र गणेश अधिकारीले जनही एक हजार नगद र मेडल प्रदान गरेका थिए । शुक्रबार हुने चौथो खेलमा वडा नम्बर ७ र ८,पाँचौमा ५ र ४ ,छैठौँ खेलमा ३ र ६ र तेस्रोका विरुद्ध पाँचौ खेलको विजेता बिच खेल हुने जनाइएको छ ।

भलिबललाइ प्रदेश सांसद ओमप्रकाश सरावगीले अम्पायर हेमा थापालाइ बल हस्तान्तरण गरेका थिए । कार्यक्रममा विभिन्न स्कुलका विद्यार्थीहरुबाट नृत्य प्रस्तुत् गरिएको थियो ।

भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजनामा पुर्वी सीमा मेची नदी अवसर र चुनौती, बनाऊ हामी सबै मिली यसलाई साझा सम्पत्ति भन्ने नाराका साथ सञ्चालन भएको अन्तर वडास्तरीय नकआउट मेची रिर्भर साईड बीच भलिबल प्रतियोगिता ७ गते सम्पन्न हुनेछ ।

प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजारसहित शिल्ड प्रदान गरिनेछ भने उपविजेता टिमलाई नगद १५ र तृतीय हुने टिमलाई नगद ८ हजारसहित शिल्ड प्रदान गरिनेछ । साथै सोही अवसरमा वडा कार्यालयले झापाका अग्रज पत्रकार तथा साहित्यकार नकुल काजी, पूर्व फुटबल खेलाडि दिलीप भुईमाली र नेपाल पुलिस क्लवका भलिवल कोच सरोज श्रेष्ठलाई नगदसहित सम्मान गर्ने सार्वजानिक गरेको छ ।