६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेची नदीको बालुवामा रिभरसाइड ‘बीच’ भलिबल



अ+ अ-

भद्रपुर – झापा सदरमुकाम भद्रपुरस्थित मेची नदीको बालुवामा सुरु भएको रिभरसाइड ‘बीच’ भलिबल खेलमा आयोजक वडासहित २ र ३ नम्बर वाड विजयी भएका छन् ।

बिहीबारबाट सुरु भएको खेलमा वडा नम्बर ५ र १० बीचको पहिलो खेलमा आयोजक वडा विजयी भएको थियो । त्यसैगरी वडा नम्बर ३ र ९ को विचमा भएको दोस्रो खेलमा ३ नम्बर वाडले विजयी हासिल गरेको थियो । अन्तीम खेलमा वडा नम्बर १ र २ बिच भएको खेलमा पहिलो कोर्टमा १ नम्बरले जित हासिल गरेको थियो भने सोही टिमलाइ कोर्ट परिवर्तन गरि भएको खेलमा वडा नम्बर २ विजयी भएको थियो ।

खेलमा वडा नम्बर ५ का भरत यादव, ३ का प्रमोद पाण्डे र २ नम्बर वाडका सुनिल तामाङ् म्यान अफ द म्याच घोषित भएका थिए । घोषित खेलाडीलाइ गणेश पोखरेल,समृद्धि वचत तथा ऋण सहकारी र गणेश अधिकारीले जनही एक हजार नगद र मेडल प्रदान गरेका थिए । शुक्रबार हुने चौथो खेलमा वडा नम्बर ७ र ८,पाँचौमा ५ र ४ ,छैठौँ खेलमा ३ र ६ र तेस्रोका विरुद्ध पाँचौ खेलको विजेता बिच खेल हुने जनाइएको छ ।

भलिबललाइ प्रदेश सांसद ओमप्रकाश सरावगीले अम्पायर हेमा थापालाइ बल हस्तान्तरण गरेका थिए । कार्यक्रममा विभिन्न स्कुलका विद्यार्थीहरुबाट नृत्य प्रस्तुत् गरिएको थियो ।

भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजनामा पुर्वी सीमा मेची नदी अवसर र चुनौती, बनाऊ हामी सबै मिली यसलाई साझा सम्पत्ति भन्ने नाराका साथ सञ्चालन भएको अन्तर वडास्तरीय नकआउट मेची रिर्भर साईड बीच भलिबल प्रतियोगिता ७ गते सम्पन्न हुनेछ ।

प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजारसहित शिल्ड प्रदान गरिनेछ भने उपविजेता टिमलाई नगद १५ र तृतीय हुने टिमलाई नगद ८ हजारसहित शिल्ड प्रदान गरिनेछ । साथै सोही अवसरमा वडा कार्यालयले झापाका अग्रज पत्रकार तथा साहित्यकार नकुल काजी, पूर्व फुटबल खेलाडि दिलीप भुईमाली र नेपाल पुलिस क्लवका भलिवल कोच सरोज श्रेष्ठलाई नगदसहित सम्मान गर्ने सार्वजानिक गरेको छ ।