२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्यमी चन्द्र ढकालद्वारा अस्पताल भवन निर्माणका लागि १० लाख रुपैयाँ सहयोग



अ+ अ-

बागलुङ । नेपालका एकजना प्रतिष्ठित युवा उद्यमी तथा ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जिल्लाको एक अस्पतालका लागि भवन निर्माण गर्न १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । ढकालले बाग्लुङ जिल्लाको पैयँुपाटा प्राथमिक अस्पतालको लागि आवश्यक भवन निर्माणार्थ रु १० लाख व्यक्तिगत रुपमा सहयोग उपलब्ध गराउनुभएको हो ।

जिल्लाको बाग्लुङ्ग नगरपालिका वडा नम्वर १३ का अध्यक्ष नारायण पौडेलका अनुसार ७ रोपनी जग्गामा बन्ने सो भवनको लागि अवश्यक जग्गा खरिदको लागि ढकाले सो आर्थिक सहयोग गर्नुभएको हो । पौडेलले अस्पताल भवन निर्माणको लागि वडामा बजेट अभाव भएकोले ढकालसँग सहगोग लिइएको जानकारी दिएका छन् । अस्पताल भवन निर्माण समितिले अब अस्पताल भवन निर्माणको कार्य तिब्रगतिमा अघि बढ्ने बताएको छ । साथै उक्त समिति र वडा अध्यक्षले सो आर्थिक सहयोगको लागि ढकाललाई विशेष धन्यवाद ज्ञापन गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले पनि आफ्नो जिल्लामा बन्ने अस्पताल भवनका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

बागलुङ जिल्लाको अमलाचौर निवासी ढकालले त्यहाँस्थित त्रिभुवन माध्यमिक विद्यालयलाई यसअघि २५ लाख रुपैयाँ सहयोग पनि उपलब्ध गराउनुभएको थियो । त्यसैगरी अमलाचौरस्थित पृथ्वी माविमा उहाँले करिब ६ करोड रुपैयाँको निजी लगानीमा विद्यालय भवन निमार्ण गरिदिनुभएको छ ।