६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्यमी चन्द्र ढकालद्वारा अस्पताल भवन निर्माणका लागि १० लाख रुपैयाँ सहयोग



अ+ अ-

बागलुङ । नेपालका एकजना प्रतिष्ठित युवा उद्यमी तथा ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जिल्लाको एक अस्पतालका लागि भवन निर्माण गर्न १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । ढकालले बाग्लुङ जिल्लाको पैयँुपाटा प्राथमिक अस्पतालको लागि आवश्यक भवन निर्माणार्थ रु १० लाख व्यक्तिगत रुपमा सहयोग उपलब्ध गराउनुभएको हो ।

जिल्लाको बाग्लुङ्ग नगरपालिका वडा नम्वर १३ का अध्यक्ष नारायण पौडेलका अनुसार ७ रोपनी जग्गामा बन्ने सो भवनको लागि अवश्यक जग्गा खरिदको लागि ढकाले सो आर्थिक सहयोग गर्नुभएको हो । पौडेलले अस्पताल भवन निर्माणको लागि वडामा बजेट अभाव भएकोले ढकालसँग सहगोग लिइएको जानकारी दिएका छन् । अस्पताल भवन निर्माण समितिले अब अस्पताल भवन निर्माणको कार्य तिब्रगतिमा अघि बढ्ने बताएको छ । साथै उक्त समिति र वडा अध्यक्षले सो आर्थिक सहयोगको लागि ढकाललाई विशेष धन्यवाद ज्ञापन गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले पनि आफ्नो जिल्लामा बन्ने अस्पताल भवनका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

बागलुङ जिल्लाको अमलाचौर निवासी ढकालले त्यहाँस्थित त्रिभुवन माध्यमिक विद्यालयलाई यसअघि २५ लाख रुपैयाँ सहयोग पनि उपलब्ध गराउनुभएको थियो । त्यसैगरी अमलाचौरस्थित पृथ्वी माविमा उहाँले करिब ६ करोड रुपैयाँको निजी लगानीमा विद्यालय भवन निमार्ण गरिदिनुभएको छ ।