१ आश्विन २०८३, बिहीबार
,
Latest
‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो हिन्दुकुश–हिमालय क्षेत्रमा विश्वव्यापी औसतभन्दा दोब्बर तापक्रम वृद्धि : विज्ञ खड्का खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वहरूले सामाजिक सद्भाव दरिलाे बनाउँछन् – मुख्यमन्त्री राई



अ+ अ-

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

किराँत समुदायको महान्पर्व उधौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवार फोलस्याँदर) २०७५ को उपलक्ष्यमा शनिबार शुभकामना व्यक्त गर्दै उहाँले उधौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई एक–आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्न महत्वपूर्ण योगदान पु¥याएको छ भन्नुभयो ।

यस्ता मौलिक तथा सांस्कृतिक चाडपर्वले सामाजिक एवं पारिवारिक जमघट गराउनाका साथै विभिन्न समुदायबीच आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेकोे शुभकामना मन्तव्यमा उल्लेख थियो ।

उहाँ भन्नुभयो, “धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो ।”




भर्खरै