३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वहरूले सामाजिक सद्भाव दरिलाे बनाउँछन् – मुख्यमन्त्री राई



अ+ अ-

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

किराँत समुदायको महान्पर्व उधौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवार फोलस्याँदर) २०७५ को उपलक्ष्यमा शनिबार शुभकामना व्यक्त गर्दै उहाँले उधौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई एक–आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्न महत्वपूर्ण योगदान पु¥याएको छ भन्नुभयो ।

यस्ता मौलिक तथा सांस्कृतिक चाडपर्वले सामाजिक एवं पारिवारिक जमघट गराउनाका साथै विभिन्न समुदायबीच आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेकोे शुभकामना मन्तव्यमा उल्लेख थियो ।

उहाँ भन्नुभयो, “धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो ।”