१ आश्विन २०८३, बिहीबार
,
Latest
‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो हिन्दुकुश–हिमालय क्षेत्रमा विश्वव्यापी औसतभन्दा दोब्बर तापक्रम वृद्धि : विज्ञ खड्का खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा मदिरा नियन्त्रण कार्ययाेजना तयार, माघ १ देखि लागू गर्ने याेजना



अ+ अ-

भद्रपुर – झापा जिल्लालाई २०७५ माघ १ गतेबाट मदिराको व्यवस्थित कारोबार गर्ने जिल्लाको रुपमा घोषणा गर्ने तयारीको क्रममा अघि बढेको छ । २०७५ कार्तिक ७ गते कन्काईमा आत्मसात गरिएको १२ बुदें प्रतिबद्धता पत्रको अर्को अध्यययको रुपमा १५ बुदें अवैध मदिरा नियन्त्रण कार्ययोजना पास भएको छ ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत बोलराज आचार्यको संयोजकत्वमा गठित समितिले तयार गरेको कार्ययोजनालाई झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा रहेको बैठकमा सम्मिलित झापाका सम्पूर्ण स्थानिय तहका प्रमुख,उपप्रमुख एवं अध्यक्ष उपाध्यक्ष र झापा उद्योग वाणिज्य सघं, मदिरा व्यवसायी समेतको सहभागिताबाट हस्ताक्षर सम्पन्न भएको छ ।

आन्तरिक राजस्व कार्यालय भद्रपुर र दमक आन्तरिक राजस्व कार्यालयले आ आफनो कार्यक्षेत्र माई पूर्व र माई पश्चिम क्षेत्रमा अवैध मदिरा व्यवस्थित गर्ने सम्बन्धमा सचेतना र जानकारी दिने भएका छन् ।

पहिलो चरणमा इजाजत लिई कारोबार गरिरहेका तर नियमानुसार इजाजत नविकरण नगरेका करदातालाई र आफनो व्यवसायमा मदिराको मिश्रित कारोबार गर्न नपाउने विषयको ब्रोस्योर र जिगंलद्धारा सचेतना र जानकारी दिने भएका हुन ।

नियमानुसारको मदिराको खरिद बिक्री गर्ने व्यक्तिको उमेर १८ बर्षमाथि र झापाका विभिन्न स्थान हेरी कारोबार समय केहि फरक व्यवस्थापन गर्ने सोच रहेको तर छलफल गरी निर्णय गर्न बाकीं भएको संयोजक आचार्यले जानकारी दिए ।

बर्षाैदेखि घरेलु मदिरा व्यवसायमा आश्रित रहेका परिवारको बैकल्पिक रोजगारीको व्यवस्था गरिने स्थानिय नगरपालिका तथा गाउपालिकाले प्रतिबद्धता जनाएका अवैध मदिरा नियन्त्रण सम्बन्धमा स्थानिय स्तरको समितिको निमार्ण हुने र स्थानीय तह ।वडा संयन्त्र निमार्ण गर्ने सहमति समेत जुटेको छ ।




भर्खरै