२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा मदिरा नियन्त्रण कार्ययाेजना तयार, माघ १ देखि लागू गर्ने याेजना



अ+ अ-

भद्रपुर – झापा जिल्लालाई २०७५ माघ १ गतेबाट मदिराको व्यवस्थित कारोबार गर्ने जिल्लाको रुपमा घोषणा गर्ने तयारीको क्रममा अघि बढेको छ । २०७५ कार्तिक ७ गते कन्काईमा आत्मसात गरिएको १२ बुदें प्रतिबद्धता पत्रको अर्को अध्यययको रुपमा १५ बुदें अवैध मदिरा नियन्त्रण कार्ययोजना पास भएको छ ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत बोलराज आचार्यको संयोजकत्वमा गठित समितिले तयार गरेको कार्ययोजनालाई झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा रहेको बैठकमा सम्मिलित झापाका सम्पूर्ण स्थानिय तहका प्रमुख,उपप्रमुख एवं अध्यक्ष उपाध्यक्ष र झापा उद्योग वाणिज्य सघं, मदिरा व्यवसायी समेतको सहभागिताबाट हस्ताक्षर सम्पन्न भएको छ ।

आन्तरिक राजस्व कार्यालय भद्रपुर र दमक आन्तरिक राजस्व कार्यालयले आ आफनो कार्यक्षेत्र माई पूर्व र माई पश्चिम क्षेत्रमा अवैध मदिरा व्यवस्थित गर्ने सम्बन्धमा सचेतना र जानकारी दिने भएका छन् ।

पहिलो चरणमा इजाजत लिई कारोबार गरिरहेका तर नियमानुसार इजाजत नविकरण नगरेका करदातालाई र आफनो व्यवसायमा मदिराको मिश्रित कारोबार गर्न नपाउने विषयको ब्रोस्योर र जिगंलद्धारा सचेतना र जानकारी दिने भएका हुन ।

नियमानुसारको मदिराको खरिद बिक्री गर्ने व्यक्तिको उमेर १८ बर्षमाथि र झापाका विभिन्न स्थान हेरी कारोबार समय केहि फरक व्यवस्थापन गर्ने सोच रहेको तर छलफल गरी निर्णय गर्न बाकीं भएको संयोजक आचार्यले जानकारी दिए ।

बर्षाैदेखि घरेलु मदिरा व्यवसायमा आश्रित रहेका परिवारको बैकल्पिक रोजगारीको व्यवस्था गरिने स्थानिय नगरपालिका तथा गाउपालिकाले प्रतिबद्धता जनाएका अवैध मदिरा नियन्त्रण सम्बन्धमा स्थानिय स्तरको समितिको निमार्ण हुने र स्थानीय तह ।वडा संयन्त्र निमार्ण गर्ने सहमति समेत जुटेको छ ।