• १७ आश्विन २०८०, बुधबार
  •      Wed Oct 4 2023
  •   Unicode
Logo
Latest
★   बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए ★   मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु ★   नेपथ्य क्यानाडा भ्रमणको पहिलो शो क्यालगरीमा सम्पन्न ★   चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा ★   परराष्ट्र मामिला प्रतिष्ठान र नेफेजबीच सहकार्य गर्न समझदारी  ★   वडादशैंको पुर्वसन्ध्यामा विद्यार्थीको दुर्गा नृत्य र देवीहरुको झाँकी ★   पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले दिए सामुहिक राजीनामा ★   च्याम्पियन्स लिगमा रियलको रोमाञ्चक जित ★   एमसिसी परियोजना: संसदबाट गरिएको व्याख्यात्मक घोषणामा सहमत छौं- सिइओ अल्ब्राइट ★   च्याम्पियन्स लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेडको हार

खेलक्षेत्रलाई क्रियाशील र चलायमान गराउनुुपर्छ– मन्त्री गहतराज



काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेलक्षेत्र निरन्तर क्रियाशील र चलायमान हुन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेल क्षेत्रका चुनौतीलाई अवसरका रुपमा सदुपयोग गर्दै काम गर्न नवनियुक्त सदस्यलाई निर्देशन दिनुभयो । मन्त्रिस्तरीय निर्णयअनुसार मोहम्मद फाजिल (काठमाडौँ),  लामा पेमा डोल्मा (मकवानपुर), जनकप्रसाद बर्तौला (मकवानपुर),  दीपेन्द्र विष्ट (बर्दिया), प्रकाशकुमार कुसारी(रुकुम), वीना नबाछेँ श्रेष्ठ (भक्तपुर) र अन्जन धमला (गोर्खा), श्रीमान् थापामगर (बाँके) बिहीबार सदस्यमा  नियुक्त भएका थिए । 

मन्त्री गहतराजले भन्नुभयो, “विगतका गलत कामलाई पन्छाउँदै सफल उदाहरणलाई आत्मसात् गरी राज्यले अपेक्षा गरेको नतिजा हासिल गर्न र खेल क्षेत्रको सुधारका लागि निरन्तर क्रियाशील हुन आवश्यक छ ।” युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर शर्माले नवनियुक्त सदस्यले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेसगै खेलकुद क्षेत्रमा देखिएका चुनौतीलाई अवसरकारुपमा लिएर खेलक्षेत्रको विकासका लागि काम गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग अवसर र चुनौती दुवै छन्,  अब अन्तर्राष्ट्रिय खेलकुद प्रतिस्पर्धामा जानुपर्छ, त्यसका लागि परिषद्ले सरकारको भिजन र निर्देशनलाई बुझेर काम गर्न सकोस्, खेलकुद राष्ट्रिय एकताको साझा भावनारुपान्तरण गर्ने शक्ति हो ।” यसअघि मन्त्रालयको सभाकक्षमा परिषद्का अध्यक्ष मन्त्री गहतराजले नव नियुक्त सदस्यलाई पद तथा गोपनीयताको सपथ दिलाउनुभएको थियो । रासस