२२ भाद्र २०८३, सोमबार
,
Latest
‘जेन्जीआन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलक्षेत्रलाई क्रियाशील र चलायमान गराउनुुपर्छ– मन्त्री गहतराज



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेलक्षेत्र निरन्तर क्रियाशील र चलायमान हुन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेल क्षेत्रका चुनौतीलाई अवसरका रुपमा सदुपयोग गर्दै काम गर्न नवनियुक्त सदस्यलाई निर्देशन दिनुभयो । मन्त्रिस्तरीय निर्णयअनुसार मोहम्मद फाजिल (काठमाडौँ),  लामा पेमा डोल्मा (मकवानपुर), जनकप्रसाद बर्तौला (मकवानपुर),  दीपेन्द्र विष्ट (बर्दिया), प्रकाशकुमार कुसारी(रुकुम), वीना नबाछेँ श्रेष्ठ (भक्तपुर) र अन्जन धमला (गोर्खा), श्रीमान् थापामगर (बाँके) बिहीबार सदस्यमा  नियुक्त भएका थिए । 

मन्त्री गहतराजले भन्नुभयो, “विगतका गलत कामलाई पन्छाउँदै सफल उदाहरणलाई आत्मसात् गरी राज्यले अपेक्षा गरेको नतिजा हासिल गर्न र खेल क्षेत्रको सुधारका लागि निरन्तर क्रियाशील हुन आवश्यक छ ।” युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर शर्माले नवनियुक्त सदस्यले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेसगै खेलकुद क्षेत्रमा देखिएका चुनौतीलाई अवसरकारुपमा लिएर खेलक्षेत्रको विकासका लागि काम गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग अवसर र चुनौती दुवै छन्,  अब अन्तर्राष्ट्रिय खेलकुद प्रतिस्पर्धामा जानुपर्छ, त्यसका लागि परिषद्ले सरकारको भिजन र निर्देशनलाई बुझेर काम गर्न सकोस्, खेलकुद राष्ट्रिय एकताको साझा भावनारुपान्तरण गर्ने शक्ति हो ।” यसअघि मन्त्रालयको सभाकक्षमा परिषद्का अध्यक्ष मन्त्री गहतराजले नव नियुक्त सदस्यलाई पद तथा गोपनीयताको सपथ दिलाउनुभएको थियो । रासस