• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   शुभकामना दिन खादा र माला प्रयोग नगर्न तथा मेसेन्जरबाट सन्देश पठाउन प्रधानमन्त्री ओलीको आग्रह ★   प्रोत्साहित हुने नीति लिइन्छ : प्रधानमन्त्री, मनोबल बढाउनुपर्छ : ढकाल ★   करार र अस्थायी कर्मचारी नहटाउन सतर्कता केन्द्रको निर्देशन ★   आज हरिशयनी एकादशी : घरघरमा तुलसी रोपिँदै ★   सिमलताल दुर्घटनाः १७ शव फेला, नौको पहिचान,नवलपुरमा आज थप चार शव भेटिए ★   पत्रकारिताको धारमा बहस गरौं: प्रेस काउन्सिल अध्यक्ष बस्नेत ★   पशुपति कोटीहोम महायज्ञ सुरु ★   वनमा छाडिएका वृद्धको उद्धार ★   विधिपूर्वक मनाइयो साउने (कर्कट) सङ्क्रान्ति ★   परराष्ट्रमन्त्री डा राणाको नीति: राष्ट्रियता र ‘नेपाल फर्स्ट’

सभामुख महराद्वारा श्रद्धाञ्जलि व्यक्त




रोल्पा । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गत शुक्रबार सल्यानमा भएको बस दुर्घटनामा परी दिवङ्गत भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । रोल्पा प्राविधिक शिक्षालयमा आज आयोजित शोकसभामा सभामुख महराले मृतकहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको उपचारमा यथोचित व्यवस्था गर्नुपर्ने धारणा राख्नुभएको थियो । सभामा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा, रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, शिक्षालयका शिक्षक, कर्मचारी, विद्यार्थी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

गत शुक्रबार सल्यानको कपुरकोटस्थित मूलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरी तुल्सीपुर फर्कँदै गर्दा गाडी दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी सो शिक्षालयका २३ जनाको मृत्यु हुनुको साथै १४ जना गम्भिर घाइते भएका थिए । घटनामा परी रोल्पा परिवर्तन गाउँपालिकाका– १७ वर्षीय प्रकाश वली समेत घाइते भएको बताइएको छ । रासस