६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनमा प्रधानमन्त्रीको आग्रह : सबै मिलेर लोकतन्त्रको रक्षा गरौँ



अ+ अ-

चितवन । प्रधानमन्त्री एबं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्नुभएको छ ।नेकपा एमालेको १० औ महाधिबेशनक उद्घाटनल समारोहलाई सम्बोधन  गर्दै उहाँन्ले भन्नुभयो, केपी ओलीजी, अरु बामपन्थी साथीहरु र हामी पनि सँगै जेल बसेको हो, म पनि जेल बसेकै हो त्यसरी ल्याएको प्रजातन्त्र हो, हामी सबै मिलेर यसको रक्षा गर्नुपर्छ । 

प्रधानमन्त्री देउवाले सबैको प्रयास र संघर्षबाट देशमा लोकतान्त्रिक संविधान जारी भएको र सो संविधानबमोजिम हामी संघीय शासन शासन प्रणालीमा गएकाले यसमा सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । 

प्रधानमन्त्री देउवाले नेपाली काँग्रेस सधैँ लोकतान्त्रिक शासन पद्दतिको पक्षमा रहेको र हाल आफूले नेतृत्व गरेको सरकार पनि लोकतन्त्रको रक्षाका लागि लाग्ने भन्दै लोकतन्त्रका लागि सरकारलाई एमालेको सहयोग आवश्यक रहेको बताउनुभयो । 

उहाँले अहिले आफूले नेतृत्व गरेको सरकारले नागरिकलाई कोरोना महामारीबाट बचाउन खोपको व्यवस्थालाई प्राथमिकता दिएको बताउनुभयो । सरकारले खोपको लक्ष हासिल गरिरहेको र यसका लागि आगामी दिनमा देशका सबै पक्षको सहयोग र सद्भाव आवश्यक रहेको बताउनुभयो ।