२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानाडाली प्रधानमन्त्री मालीमा



अ+ अ-

ओटावा । क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्र्युडे माली पुगेर त्यहाँ संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत क्यानाडेली सैनिकसँग भेट तथा परामर्श गर्नुभएको छ । उहाँ शनिबार माली पुग्नुभएको बताइएको छ । माली पुगेर उहाँले त्यहाँ शान्ति मिसनमा खटिरहेका क्यानाडाली सैनिक कार्यरत क्षेत्रमा गई आफ्ना सैनिकसँग वार्ता तथा परामर्श गर्नुभएको थियो ।

त्यस क्रममा उहाँले ती सैनिकसँग अन्तरक्रिया र आवश्यक परामर्श पनि गर्नुभएको समाचारमा जनाइएको छ ।
प्रधानमन्त्री ट्र्युडे मालीमा शनिबार करिब पाँच घन्टा बिताउनुभएको थियो । त्यसैगरी त्यस क्रममा उहाँले मालीका राष्ट्रपति सोयुमलेउ बाउबे माइगालाई पनि भेट गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँ मालीमा रहँदा शान्ति सुरक्षा कारण उहाँको भेटघाट र भ्रमण बारेको कुनै पनि समाचार सार्वजनिक नगरिएको क्यानाडेली सरकारले जानकारी दिएको छ ।
प्रधानमन्त्री जस्टिनसँग क्यानाडाका रक्षामन्त्री हरजित सजन र क्यानाडाली सेनाका प्रमुख जोनाथन भेन्स पनि साथमा हुनुहुन्थ्यो ।

मालीमा संयुक्त राष्ट्रसंघले शुरु गरेको शान्ति मिसनमा गएको जुन महिनादेखि क्यानाडा पनि सहभागी भएको हो । क्यानाडाले त्यहाँ एकवर्षसम्म आफ्नो सेना पठाउने जानकारी दिएको छ ।
मालीमा क्यानाडाले ८ ओटा हेलिकोप्टरसहित करिब २५० जना सेना पनि उपलब्ध गराएको छ । त्यहाँ अरु देशका पनि शान्ति सैन्य खटेका छन् ।

माली गरिबी, भोकमरी तथा हिंसाका कारण समस्यामा परेको छ । त्यहाँ मुस्लिम अतिवादीहरुका कारण सन् २०१२ देखि गृहयुद्ध जारी छ । जसका कारण हजारौँ नागरिकले ज्यान गुमाएका छन् । रासस