चितवन । प्रधानमन्त्री एबं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्नुभएको छ ।नेकपा एमालेको १० औ महाधिबेशनक उद्घाटनल समारोहलाई सम्बोधन गर्दै उहाँन्ले भन्नुभयो, केपी ओलीजी, अरु बामपन्थी साथीहरु र हामी पनि सँगै जेल बसेको हो, म पनि जेल बसेकै हो त्यसरी ल्याएको प्रजातन्त्र हो, हामी सबै मिलेर यसको रक्षा गर्नुपर्छ ।
प्रधानमन्त्री देउवाले सबैको प्रयास र संघर्षबाट देशमा लोकतान्त्रिक संविधान जारी भएको र सो संविधानबमोजिम हामी संघीय शासन शासन प्रणालीमा गएकाले यसमा सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री देउवाले नेपाली काँग्रेस सधैँ लोकतान्त्रिक शासन पद्दतिको पक्षमा रहेको र हाल आफूले नेतृत्व गरेको सरकार पनि लोकतन्त्रको रक्षाका लागि लाग्ने भन्दै लोकतन्त्रका लागि सरकारलाई एमालेको सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले अहिले आफूले नेतृत्व गरेको सरकारले नागरिकलाई कोरोना महामारीबाट बचाउन खोपको व्यवस्थालाई प्राथमिकता दिएको बताउनुभयो । सरकारले खोपको लक्ष हासिल गरिरहेको र यसका लागि आगामी दिनमा देशका सबै पक्षको सहयोग र सद्भाव आवश्यक रहेको बताउनुभयो ।