१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले माग पूरा गर्न अधिकतम प्रयास गर्नुभयो, अब देउवाको पालो : महन्थ



अ+ अ-

चितवन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना माग पूरा गर्न अधिकतम प्रयास गरेको बताउनुभएको छ । 

चितवनको नारायणी नदी किनारमा सुरु भएको नेकपा एमाले १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उहाँले मधेश आन्दोलनसँग जोडिएका मागहरु पूरा गराउन अत्यधिक प्रयास गरेकामा एमाले अध्यक्ष ओलीलाई धन्यवाद दिनुभयो ।

ओलीले मधेश आन्दोलका क्रममा जेल परेका आफ्ना पार्टीका केही साथीलाई रिहा गरेको भन्दै उहाँले बाँकी माग पूरा गर्न वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्नुभयो ।