५ असार २०८३, शुक्रबार
,
Latest
कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खडेरीपीडित किसानलाई राहत



अ+ अ-

तेह्रथुमको आठराई गाउँपालिकाका सुख्खाग्रस्त क्षेत्रका खडेरीपीडित किसानलाई राहत रकम वितरण गरिएको छ । प्रदेश सरकारको रु २४ लाख ३० हजार र गाउँपालिकाको रु १० लाख ४० हजार ४० गरी कूल रु ३४ लाख ७० हजार ४० रकम यहाँ आयोजित कार्यक्रममा खडेरीपीडित किसानलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताउनुभयोे ।

आठराई गाउँपालिका–४, ५, ६ र ७ का सुख्खाग्रस्त क्षेत्रबाट प्रभावित किसानलाई राहत वितरण गरिएको हो । सुख्खाग्रस्त क्षेत्रका ४८६ घरधुरीलाई प्रतिघरधुरी रु सात हजार १४० का दरले राहत रकम वितरण गरिएको अध्यक्ष लिम्बूले बताउनुभयो ।

आठराई गाउँपालिकाको विपत् व्यवस्थापन कोषअन्तर्गत आठराई गाउँपालिकामा रहेका असहय रोगी तथा विपत्मा परेका नागरिकलाई रु तीन लाख ४५ हजार रकम वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहालले बताउनुभयो । रासस