१० असार २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीजीको पनि खुट्टा तानिरहेका छन् : ओली



अ+ अ-

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि काम गर्न गाह्रो भएको बताउनुभएको छ । चितवनको नारायणी नदी किनारमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उहाँले आफू प्रधानमन्त्री हुँदा अप्ठ्यारो पार्ने र खुट्टा तान्नेहरुले नै आज प्रधानमन्त्री देउवाको पनि खुट्टा समातिरहेको बताउनुभयो । 

उहाँले पार्टीको महाधिवेशनमा अतिथि बनाइनुभएका प्रधानमन्त्रीप्रति कुनै टीकाटिप्पणी गर्न नहुने उल्लेख गर्दै भन्नुभयो, “प्रधानमन्त्री अहिले यहीँ हुनुहुन्छ, उहाँलाई अतिथि बनाएर सरकारका बारेमा टिप्पणी गर्नु हुँदैन, तर उहाँलाई पनि गाह्रो छ, मलाई अप्ठ्यारो पार्ने र काम गर्न नदिनेहरुले नै उहाँको पनि खुट्टा तानिरहेका छन् ।”

उहाँले देउवासमक्ष आगामी आम निर्वाचनमा नेकपा एमालेको सरकार बन्ने बताउनुभयो । स्थानीय चुनावमा ५० प्रतिशतभन्दा बढी सिट एमालेले हासिल गर्ने दाबी गर्दै भन्नुभयो, “प्रधानमन्त्रीलाई एउटा गोपनीय कुरा खुस्काउनुपर्ने भो, आगामी चुनावपछि नेकपा एमालेको सरकार बन्छ ।”




भर्खरै