२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र



अ+ अ-

काठमाडाैँ । स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाजहरू १२५ अर्ब अमेरिकी डलरको सामानसहित यस क्षेत्रमा फसेको बेलायती फाइनान्सियल टाइम्स (एफटी) ले बुधबार बीमा कम्पनी एलियान्जको पछिल्लो प्रतिवेदनलाई उदृत गर्दै रिपोर्ट गरेको छ ।

एलियान्जका समुद्री प्रमुख जस्टस हेनरिकले बेलायती दैनिक फाइनान्सियल टाइम्सलाई महत्वपुर्ण जमार्गको बन्दले बिमा कम्पनीहरूका लागि जाँच केन्द्रहरूमा जोखिम वहनको ढाँचा परिवर्तन गरेकोसमेत जनाइएको छ । संयुक्त राज्य अमेरिका र इरानबीच सम्झौता घोषणा भएर स्ट्रेट अफ होर्मुज खोल्ने निर्णय पछि ढुवानी यातायात बिस्तारै सहज भएको जनाइएको छ ।

आधिकारिक तथ्याङ्कले यस अघिकोे हप्तामा ६९ वटा जहाजहरू खाडीबाट बाहिर निस्किएको देखाएको छ जुन एक हप्ता अघि मात्र २४ वटा थिए भने फेब्रुअरीमा द्वन्द्व भड्किए पछिको सबै भन्दा बढी साप्ताहिक ढुवानीको मात्रा यहि भएको जनाइएको छ ।

द्वन्द्वका कारण गम्भीर हताहतका कारण मानविय क्षती र आर्थिक नोक्सान हुनुका साथै लामो समय सम्म समुन्द्र क्षेत्रमा रहनु परेकाले चालक दलका सदस्यहरुमा सङ्कट ल्याएको जनाइएको छ । अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठनका अनुसार द्वन्द्वका कारण १४ जना डुङ्गा चालकहरुको मृत्यु भएको छ भने ४० वटा भन्दा बढी जहाजहरूमा क्षेप्यास्त्र आक्रमण भएको छ ।