• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

पलाता अग्निपीडितका लागि राजधानीमा कालिकाेटका युवाव्दारा राहत संकलन



काठमाडौं। कालिकोट जिल्लाको दुर्गम क्षेत्र पलाता गाँउपालिकाको वडा नं. १ खाडागाँउमा आगलागी हुँदा गाउँका सबै घरहरु जलेर ध्वस्त भएका छन् ।

आगलागीले सिङ्गो गाउँ जलेको छ भने गाउँलेहरू घरबारबिहिन बनेका छन् ।

काठमाडौमा विभिन्न पेशा व्यवसाय गरेर बसिरहेका कालिकोटका युवाहरुले पलताका अग्निपिडितको सहयोगका लागि राहत संकलन अभियान सञ्चालन गरेका छन् । पीडितलाई न्यानो कपडा उपलब्ध गराउने उद्देश्यले उक्त अभियान सुरु गरिएको आयोजकले जानकारी दिएका छन् ।

आइतबार मध्याह्न काठमाडौको महाबौद्ध क्षेत्रबाट सुरु गरिएको अभियान सोमबार राजधानीमा थप राहत सामग्री संकलन गरेर कालिकोट पठाउने उनीहरुको तयारी छ ।

क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य उमाकान्त युके, अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य तिलकप्रसाद उपाध्याय, युवा संघ नेपालका केन्द्रीय सदस्य मेघराज शाही लगायत युवाहरुको अगुवाइमा राहत संकलन सुरु गरिएको हो ।

राहत संकलन अभियानमा काठमाडौमा बसिरहेका विद्यार्थी, व्यवसायी, पत्रकार, राजनीतिक नेताकार्यकर्ताको उपस्थिति रहेको छ ।

यसुदा बराल, मनराज सिमखाडा, बिरेन्द्र बिस्ट, प्रकाश शाही, दिपकराज सञ्ज्याल, हेमराज बराल, कपिल सुबेदी, सुरेश शाही, लक्ष्मण सुबेदी, पंन्चकुमार सुबेदी, टंकप्रसाद सुबेदी, मेगिन्द्र जैसी, गोकर्ण जैसी, कुल सञ्ज्याल लगायत युवाहरु राहत सामग्री संकलनमा जुटिरहेका छन् ।

मध्यरातबाट सुरु भएको आगलागीका कारण ८७ भन्दा बढी घरहरु जलेका छन् भने करिब ५ सय जना स्थानीयबासी प्रभावित भएका छन् ।