१० असार २०८३, बुधबार
,
Latest
शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब चुनावको तयारीमा लाग्ने छौँ : ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनपछि चुनावको तयारीमा लाग्ने बताउनुभएको छ । पार्टीको १० औँ महाधिवेशको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले मुलुकको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेलाई एकल बहुमत चाहिएकाले महाधिवेशन लगत्तै चुनावको तयारीमा होमिने बताउनुभयो । 

निकट भविष्यमा हुने चुनावहरु आउँदैछन् भन्दै ओलीले भन्नुभयो, “अब हामी चुनावको तयारीमा जानेछौँ, जनमत तयार गर्नेछौँ र एकल बहुमत ल्याएर देशको सार्वभौमसत्ता र लोकतन्त्रको रक्षा गर्नेछौँ ।”

लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउनेछौँ

ओलीले भारतसँग संवाद गरेर नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमीन फिर्ता ल्याउनुपर्ने बताउनुभयो । 

“हामीले नेपालको नयाँ नक्सामा हाम्रो भूगोल लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेका छौँ”, उहाँले भन्नुभयो, “अब हामीले हाम्रो छिमेकीसँग संवाद गरेर त्यो जमीन फिर्ता लिनेछौँ, ती जमीन फिर्ता नलिएसम्म हामीलाई दबिएको र हेपिएको अनुभति भइरहन्छ, हामीले त्यो जमीन फिर्ता ल्याएर वास्तविक मित्रता र छिमेकीको सम्बन्ध बनाउन चाहन्छौँ ।”