६ आश्विन २०८१, आईतवार
,
Latest
व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार भुक्तानी नपाएपछि लुम्बिनी क्षेत्र भित्र निर्माणका काम ठप्प, निर्माण व्यवसायी धर्नामा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकले बनाउँदै क्रिप्टो करेन्सी



अ+ अ-

सोसल मिडिया कम्पनी फेसबुकले आफ्नै डिजिटल मुद्रा क्रिप्टो करेन्सीको विकास गर्न लागेको छ । त्यस क्रिप्टो करेन्सीलाई प्रयोगकर्ताले ह्वाट्सएपमार्फत पनि पठाउन सक्नेछन् ।

फेसबुक एउटा यस्तो ‘स्थिर मुद्रा’ बनाउँदैछ जसलाई प्रयोगकर्ताले फेसबुकको मोबाइल मेसेजिंग सर्भिसमार्फत पैसा पठाउने प्रयोजनमा प्रयोग गर्न सक्नेछन् ।

ब्लुम्बर्गका अनुसार उक्त स्टेबल क्वाइन एक प्रकारको डिजिटल करेन्सी हुनेछ र त्यसको मूल्य अमेरिकी डलर बराबर हुनेछ । फेसबुकको उक्त मुद्रा बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सी जस्तो अस्थिर नहुने भएकोले पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ ।

ब्लुम्बर्गका अनुसार फेसबुकले भारतमा आफ्नो डिजिटल करेन्सी लञ्च गर्ने सम्भावना छ । भारत विश्वमा सबैभन्दा धेरै रेमिटेन्स भित्राउने मध्येको देश हो जहाँ विदेशमा रहेका करोडौँ भारतीयहरुले भारतका आफ्ना परिवार र आफन्तलाई ठूलो परिमाणमा पैसा पठाउँदछन् ।

फेसबुकलाई आफ्नो डिजिटल मुद्रा वास्तविक रुपमा लञ्च गर्नका लागि केही समय भने लाग्नेछ । फेसबुक प्रवक्ताका अनुसार अहिले कम्पनीले यसको रणनीति बनाइरहेको छ र ब्लकचेन टेक्नोलोजीको क्षमताबाट बढि भन्दा बढी लाभ कसरी उठाउन सकिन्छ भन्ने कुराको खोजी गरिरहेको छ ।

स्मरण रहोस् पेपल कम्पनीका पूर्व अध्यक्ष डेभिड मार्कसलाई फेसबुकमा भित्र्याएसँगै फेसबुकले कुनै खाले वित्तीय सेवाको विकासमा काम सुरु गरेको अड्कल धेरैले काटेका थिए ।

मार्कस नेतृत्वको टिमले फेसबुकमा ब्लकचेन टेक्नोलोजीका उपयोगितामा गहन अन्वेषण गरिरहेको छ ।

ब्लुम्बर्गका अनुसार सन् २०१७ मा भारतमा ६९ अर्ब डलर रेमिटेन्स भित्रिएको थियो । भारतमा ह्वाट्सएप प्रयोगकर्ताको संख्या २० करोड रहेको छ । यस्तो अवस्थामा फेसबुकले क्रिप्टो करेन्सीलाई पहिलोपटक भारतमै सुरु गर्ने योजना बनाएको बताइएको छ ।

के हो क्रिप्टो करेन्सी ?

क्रिप्टो करेन्सी एउटा डिजिटल मुद्रा हो जसलाई अनलाइन मार्फत रकम भुक्तानी वा ट्रान्सफर गर्दा प्रयोग गरिन्छ ।

यो वास्तवमा पैसाको अनलाइन संस्करण वा भर्चुअल मुद्रा हो भन्दा फरक पर्दैन । यस्तो खालको डिजिटल सम्पत्ति जसलाई एक जनाबाट अर्को व्यक्तिमा हस्तान्तरण गर्न सकिन्छ ।

सबैखाले क्रिप्टो करेन्सीले ब्लकचेन प्रविधिको प्रयोग गर्दछन् । विशिष्ट खालका नियमहरुको आधारमा यस्ता मुद्राको सिर्जना तथा प्रसार हुन्छ । हरेक क्रिप्टो करेन्सीका लागि छुट्टै नियम हुन्छ ।

बिट क्वाइन सबैभन्दा पहिलो क्रिप्टो करेन्सी हो, जुन ८ वर्षअघि अस्तित्वमा आएको थियो । लाइट क्वाइन र डोजक्वाइन लगायतका विभिन्न खाले डिजिटल करेन्सीहरु अहिले प्रचलनमा रहेका छन् ।

एक तथ्यांक अनुसार अहिले विश्वमा हरेक दिन क्रिप्टो करेन्सी मार्फत २ लाख ७० हजार पटक रकम लेनदेन हुन्छ ।

एजेन्सीको सहयोगमा