३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा पदाधिकारी र केन्द्रीय कमिटीमा संख्या बढाउने निर्णय, सहमतिको प्रयास जारी



अ+ अ-

चितवनः नेकपा एमालेको सौराहामा शुक्रबार राति बसेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्ने निर्णय गरेको छ । यसअघि ललितपुरको  गोदावरीमा सम्पन्न विधान महाधिवेशनले टुंगो लगाएको संख्यामा हेरफेर गर्ने निर्णय भएको एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।पदाधिकारी तथा केन्द्रीय कमिटीमा समेट्नु पर्ने नेताहरुको संख्या बढेपछि नयाँ निर्णय गर्नु परेको नेताहरुको भनाई छ ।

नयाँ निर्णय अनुसार अब केन्द्रीय कमिटीको कूल संख्या ३०१ पुग्नेछ । यसअघि केन्द्रीय कमिटीको संख्या २२५ तोकिएको थियो । साथै उपाध्यक्षमा २ जना थप गरी ६ पुर्याइएको छ भने उपमहासचिव पदमा पनि ४ बाट ६ बनाइएको छ । तर अध्यक्ष, वरिष्ट उपाध्यक्ष र महासचिवमा भने पुरानै संख्या कायम गरिएको छ अर्थात् अध्यक्ष १, वरिष्ट उपाध्यक्ष १ र महासचिव १ जना मात्र रहने छन् ।

नयाँ निर्णय अनुसार ९९ सदस्यीय पोलिटब्युरो गठन गरिने भएको छ । यसअघि गोदावरी विधान सम्मेलनमा पोलिटब्युरो हटाइएको थियो । महाधिवेशन उद्घाटन समारोहपछि चितवनको सौराहामा मध्यरातसम्म बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

सर्वसम्मत नेतृत्व चयन गर्न पदाधिकारी संख्या बढाइए पनि पार्टीका मुख्य पद वरिष्ठ उपाध्यक्ष र महासचिवमा चुनाव हुने सम्भावना कायमै छ । १० बुँदे सहमति गरेर एमालेमा बसेका भिम रावल, योगेश भट्टराई, घनश्याम भुसाल समेतका नेताहरु तथा रामबहादुर थापा समेतका पूर्वमाओवादी समूहलाई समेट्नु पर्ने दबाब अध्यक्ष केपी ओलीमाथि छ ।  कतिपय नेताहरुले एउटै पदमा उम्मेदवारी दिने तयारी गरेपछि अध्यक्ष ओली नेताहरुसँग निरन्तर छलफलमा जुट्नु भएको छ ।  

माओवादी केन्द्रसँग एकता भएपछि नेकपा र पछि एमालेमा पनि पोलिटब्युरो खारेज गरिएको थियो । शुक्रबार मध्यरातमा सकिएको केन्द्रीय कमिटी बैठकले अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग २५–२५ सदस्यीय हुने निर्णय पनि गरेको छ । यसअघि आयोग १५–१५ सदस्यीय हुने व्यवस्था थियो । वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले गरेको विधान संशोधन गर्ने निर्णय प्रस्तावका रूपमा बन्दसत्रमा लगेर पारित गरिएपछि नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ ।

नयाँ निर्णय भएसँगै पदाधिकारीमा सर्वसम्मत हुने सम्भावना बढेको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । तर, अध्यक्षमा भीम रावल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ तथा महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीले दाबी छाडेका छैनन् ।

रावलले सर्वसम्मतिको विषयमा आफूलाई केही थाहा नभएको जिकिर गर्दै अध्यक्षमा उम्मेदवारी दर्ता गर्ने मध्यरातको केन्द्रीय कमिटीको निर्णय पछि पत्रकारहरुलाई बताउनुभयो ।

नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्नेमा उपमहासचिव विष्णु पौडेलको साथ रहेको बुझिएको छ ।  नेम्वाङले आफूसँग भेट्न आउने नेताहरूलाई आफू अडान लिएपछि नछाड्ने नेता भएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।

पदाधिकारीमा महिला नेताहरू अष्टलक्ष्मी शाक्य, बिन्दा पाण्डे, पद्मा अर्याल, शिवमाया तुम्बाहाङ्फेले पनि दाबी गरेका छन् । तर उनीहरूले सार्वजनिक रूपमा केही बताएका छैनन् । शनिबार बन्दसत्र सुरु हुनुअघि आफ्नो उम्मेदवारीबारे सार्वजनिक रूपमा घोषणा गर्ने उनीहरूको तयारी छ । सचिव योगेश भट्टराईले उही पदमा दोहोरिन चाहेको बताएका छन् । केन्द्रीय कमिटीमा करिब पाँच सय नेताले आकांक्षा देखाएका छन् ।