१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

एमालेमा पदाधिकारी र केन्द्रीय कमिटीमा संख्या बढाउने निर्णय, सहमतिको प्रयास जारी

एमालेमा पदाधिकारी र केन्द्रीय कमिटीमा संख्या बढाउने निर्णय, सहमतिको प्रयास जारी
अ अ+ अ-

चितवनः नेकपा एमालेको सौराहामा शुक्रबार राति बसेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्ने निर्णय गरेको छ । यसअघि ललितपुरको  गोदावरीमा सम्पन्न विधान महाधिवेशनले टुंगो लगाएको संख्यामा हेरफेर गर्ने निर्णय भएको एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।पदाधिकारी तथा केन्द्रीय कमिटीमा समेट्नु पर्ने नेताहरुको संख्या बढेपछि नयाँ निर्णय गर्नु परेको नेताहरुको भनाई छ ।

नयाँ निर्णय अनुसार अब केन्द्रीय कमिटीको कूल संख्या ३०१ पुग्नेछ । यसअघि केन्द्रीय कमिटीको संख्या २२५ तोकिएको थियो । साथै उपाध्यक्षमा २ जना थप गरी ६ पुर्याइएको छ भने उपमहासचिव पदमा पनि ४ बाट ६ बनाइएको छ । तर अध्यक्ष, वरिष्ट उपाध्यक्ष र महासचिवमा भने पुरानै संख्या कायम गरिएको छ अर्थात् अध्यक्ष १, वरिष्ट उपाध्यक्ष १ र महासचिव १ जना मात्र रहने छन् ।

नयाँ निर्णय अनुसार ९९ सदस्यीय पोलिटब्युरो गठन गरिने भएको छ । यसअघि गोदावरी विधान सम्मेलनमा पोलिटब्युरो हटाइएको थियो । महाधिवेशन उद्घाटन समारोहपछि चितवनको सौराहामा मध्यरातसम्म बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

सर्वसम्मत नेतृत्व चयन गर्न पदाधिकारी संख्या बढाइए पनि पार्टीका मुख्य पद वरिष्ठ उपाध्यक्ष र महासचिवमा चुनाव हुने सम्भावना कायमै छ । १० बुँदे सहमति गरेर एमालेमा बसेका भिम रावल, योगेश भट्टराई, घनश्याम भुसाल समेतका नेताहरु तथा रामबहादुर थापा समेतका पूर्वमाओवादी समूहलाई समेट्नु पर्ने दबाब अध्यक्ष केपी ओलीमाथि छ ।  कतिपय नेताहरुले एउटै पदमा उम्मेदवारी दिने तयारी गरेपछि अध्यक्ष ओली नेताहरुसँग निरन्तर छलफलमा जुट्नु भएको छ ।  

माओवादी केन्द्रसँग एकता भएपछि नेकपा र पछि एमालेमा पनि पोलिटब्युरो खारेज गरिएको थियो । शुक्रबार मध्यरातमा सकिएको केन्द्रीय कमिटी बैठकले अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग २५–२५ सदस्यीय हुने निर्णय पनि गरेको छ । यसअघि आयोग १५–१५ सदस्यीय हुने व्यवस्था थियो । वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले गरेको विधान संशोधन गर्ने निर्णय प्रस्तावका रूपमा बन्दसत्रमा लगेर पारित गरिएपछि नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ ।

नयाँ निर्णय भएसँगै पदाधिकारीमा सर्वसम्मत हुने सम्भावना बढेको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । तर, अध्यक्षमा भीम रावल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ तथा महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीले दाबी छाडेका छैनन् ।

रावलले सर्वसम्मतिको विषयमा आफूलाई केही थाहा नभएको जिकिर गर्दै अध्यक्षमा उम्मेदवारी दर्ता गर्ने मध्यरातको केन्द्रीय कमिटीको निर्णय पछि पत्रकारहरुलाई बताउनुभयो ।

नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्नेमा उपमहासचिव विष्णु पौडेलको साथ रहेको बुझिएको छ ।  नेम्वाङले आफूसँग भेट्न आउने नेताहरूलाई आफू अडान लिएपछि नछाड्ने नेता भएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।

पदाधिकारीमा महिला नेताहरू अष्टलक्ष्मी शाक्य, बिन्दा पाण्डे, पद्मा अर्याल, शिवमाया तुम्बाहाङ्फेले पनि दाबी गरेका छन् । तर उनीहरूले सार्वजनिक रूपमा केही बताएका छैनन् । शनिबार बन्दसत्र सुरु हुनुअघि आफ्नो उम्मेदवारीबारे सार्वजनिक रूपमा घोषणा गर्ने उनीहरूको तयारी छ । सचिव योगेश भट्टराईले उही पदमा दोहोरिन चाहेको बताएका छन् । केन्द्रीय कमिटीमा करिब पाँच सय नेताले आकांक्षा देखाएका छन् ।