३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच महीनामा तीन खर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च १३ प्रतिशत



अ+ अ-

काठमाडौँ : चालू आर्थिक वर्षको पाँच महीनामा रु तीन खर्ब सात अर्ब २३ करोड बराबरको राजश्व सङ्कलन भएको छ ।

अर्थ मन्त्रालयका अनुसार सो अवधिमा कर तथा गैरकर राजश्वसमेत गरी उक्त परिमाणमा राजश्व सङ्कलन भएको हो । प्रथम चौमासिकमा पूँजीगत खर्च भने १३ दशमलब ५० प्रतिशत मात्रै भएको छ ।

विकास निर्माणको काममा उल्लेख्य खर्च हुन नसकेको मन्त्रालयको समीक्षाले समेत देखाएको छ । यस्तै चालू खर्च भने १४ दशमलब शून्य पाँच प्रतिशत रहेको छ ।

यस्तै वैदेशिक सहायतातर्फ प्रमथ पाँच महीनामा ऋणतर्फ रु ९३ अर्ब ६९ करोड र अनुदानतर्फ रु १८ अर्ब ४४ करोड गरी कूल रु एक खर्ब १२ अर्ब १३ करोड परिचालन भएको छ । सरकारले हालसम्म आन्तरिक ऋण परिचालन गरेको छैन ।

अर्थ मन्त्रालयका अनुसार सोमबार सम्पन्न समीक्षा बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले पूँजीगत खर्च बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रालय र मातहतका निकायबाट सम्पादन हुने कार्यलाई अझ बढी प्रभावकारी, गुणस्तरीय तथा मापनयोग्य बनाउन जोड दिनुभएको थियो ।

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मासिक रुपमा प्रगति समीक्षा गर्ने, नयाँ तर्जुमा गर्नुपर्ने र संशोधन गर्नुपर्ने कानूनको कार्य शीघ्र अघि बढाउने, पूँजीगत खर्चमा जोड दिने तथा बजार अनुगमनलाई तीव्रता दिन निर्देशन दिनुभएको थियो ।