१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ कांग्रेस सभापतिमा न्यौपाने र आलेबीच प्रतिस्पर्धा



अ+ अ-

दमौलीः तनहुँमा शनिबार पार्टीको जिल्ला कार्यसमिति चयनका लागि मतदान हुँदैछ । 

सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट जिल्ला सभापति रहेका बैकुण्ठनाथ न्यौपानेले फेरि सभापति पदमै दोहोरिन उम्मेदवारी दिएका छन् भने संस्थापन समूहको समर्थनमा कार्यवाहक जिल्ला सभापति जीतप्रकाश आले चुनावी मैदानमा उत्रिएका छन् ।

दुवैले जिल्ला कार्यसमितिको निर्वाचनका लागि प्यानल नै बनाएर अघि बढेका छन् । दुबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

न्यौपाने तनहुँको व्यास नगरपालिका प्रमुख पनि हुन् । नगरप्रमुखमा निर्वाचित भएपछि उनले आलेलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका दिए ।

न्यौपानेलाई वरिष्ठ नेता पौडेल र अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलको साथ छ भने आले लामो राजनैतिक विरासत बोकेको परिवारका सदस्य हुनुका साथै केन्द्रीय सदस्यहरू शंकर भण्डारी, गोविन्द भट्टराई तथा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको समर्थन छ ।




भर्खरै