• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण ★   क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर ★   डोजर लगाएपछि बागलुङका ताल सुक्दै ★   संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाऔं: सभामुख घिमिरे ★   व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित ★   कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित ★   धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थल ४५ मिनेटको लागि बन्द ★   कार्यदल बैठक सकारात्मक रुपमा अघि बढिरहेको छ: महेश बर्तौला ★   सिरोहियालाई साधारण तारेखमा छोड्न माग गर्दै जनकपुरका मेयर धर्नामा ★   कार्यदल बैठकमा आज पनि जुटेन सहमति

तनहुँ कांग्रेस सभापतिमा न्यौपाने र आलेबीच प्रतिस्पर्धा



दमौलीः तनहुँमा शनिबार पार्टीको जिल्ला कार्यसमिति चयनका लागि मतदान हुँदैछ । 

सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट जिल्ला सभापति रहेका बैकुण्ठनाथ न्यौपानेले फेरि सभापति पदमै दोहोरिन उम्मेदवारी दिएका छन् भने संस्थापन समूहको समर्थनमा कार्यवाहक जिल्ला सभापति जीतप्रकाश आले चुनावी मैदानमा उत्रिएका छन् ।

दुवैले जिल्ला कार्यसमितिको निर्वाचनका लागि प्यानल नै बनाएर अघि बढेका छन् । दुबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

न्यौपाने तनहुँको व्यास नगरपालिका प्रमुख पनि हुन् । नगरप्रमुखमा निर्वाचित भएपछि उनले आलेलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका दिए ।

न्यौपानेलाई वरिष्ठ नेता पौडेल र अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलको साथ छ भने आले लामो राजनैतिक विरासत बोकेको परिवारका सदस्य हुनुका साथै केन्द्रीय सदस्यहरू शंकर भण्डारी, गोविन्द भट्टराई तथा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको समर्थन छ ।