६ आश्विन २०८१, आईतवार
,
Latest
काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई सय मिटर तल झर्छन् चिसो छल्न फू वासी



अ+ अ-

मनाङ । मङ्सिरको दोस्रो हप्ता शुरु भएसँगै अधिकांश मनाङवासी जाडो छल्न जिल्लाबाहिर जाने गर्छन् ।

तर मनाङकै फू गाउँका मानिस गाउँदेखि २०० मिटर तल झरेर बसोवास गर्ने गरेका छन् । नेपालको दुर्गम जिल्लामध्ये ‘क’ वर्गमा पर्ने मनाङ जिल्ला त्यसमा पनि सबैभन्दा विकट गाउँ हो, फू गाउँ ।

करीब चार हजार १०० मिटर उचाइमा रहेको यस गाउँका मानिस कृषि पेशामा निर्भर छन् । पशुपालन र खेतीपाती यहाँको मुख्य पेशा हो । वरिपरि अग्ला हिमालले घेरिएको सुन्दर सानो बस्ती रहेको यस गाउँको जनसङ्ख्या करीब ३०० रहेको छ ।

हिउँदको समयमा अत्यधिक चिसो हुने र गाउँलाई हिउँले ढाक्ने हुँदा यहाँका मानिस जाडो छल्न गाउँबाट करीब चार÷पाँच घण्टा लाग्ने क्याङमा आएर बस्दछन् । उनीहरू आफ्ना साना नानीबाबु पशुचौपाया लिएर यसै ठाउँमा बसोवास गरिरहेका हुन्छन् ।

“हुने खाने त शहर जान्छन् तर हामी खेती किसानी गर्ने यसरी नै जीवनयापन गरिरहेका छौ”, ७० वर्षका टसी फुञ्जो लामाले भन्नुभयो । “दिनभर दाउरा, घाँस, भेँडा च्याङ्ग्राको स्याहार सुसारमा लाग्दा चिसोको अनुभव नै हुदैन”, राडीपाखी, काम्लो, बख्खु, दोचा बनाएर गोठमा रमाइरहेकी ६५ वर्षकी छोर्तेन लामाले भन्नुभयो, “खेतीपातीको समय छैन, जाडोको मौसममा हामी महिला यिनै भेँडाचौँरीको ऊन कात्ने र त्यसैबाट आफूहरूले लगाउने कपडा बनाउने काम गर्छौँ ।”

ऊनबाट आफ्नै हातले बुनेका बख्खु दोचाले हिमालको चिसो कटाउँदै आएका फू बासिन्दा जाडो याम सकिएपछि गाउँ फर्कने र खेतीपातीमा लाग्ने मिङ्मर लामाले बताउनुभयो ।

अनौठो तर सुन्दर यो स्वर्ग जस्तो गाउँ दूरदराजमा लुकेर रहेको छ । मानिस पौरखी छन् । आफ्नै सीप र पौरखमा आत्मनिर्भर बनेको यो गाउँका मानिस गाउँमा विकासको पर्खाइमा छन् । रासस