२ मंसिर २०८१, आईतवार
,
Latest
भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण, ‘ऐतिहासिक’ परीक्षणको प्रशंसा गोविन्दाको छातीमा दुखाई, अस्पताल भर्ना गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवार बानियाँको उम्मेदवारी दर्ता हेटौँडा–१२ को वडाअध्यक्षमा रास्वपाका बलको मनोनयन दर्ता कीर्तिपुरको मेयरमा दिलकुमार महर्जनको उम्मेदवारी दर्ता स्थानीय तह उपनिर्वाचनः उम्मेदवारको मनोनयन दर्ता सुरु व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने थप एक जना पक्राउ नेपाल–भारत सीमा सुरक्षा बैठकः सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव हात्तीको आक्रमणबाट मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते



अ+ अ-

मन्थली । मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।

सुदूरमुकाम मन्थलीबाट सुनारपानी हुँदै मन्थली–४ सालुतर्फ जाँदै गरेको बा१८च १८३९ नं को डबल क्याप बलेरो जिप अनियन्त्रित हुँदा आज दिउँसो १ बजे आसपासमा सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी सोही वडाका ६० वर्षीया पद्ममाया नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोही वडाका चालक ४२ वर्षीय गुनकुमार थापामगर र ६९ वर्षीय दिलीपकुमार बरुवाललाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

अन्य घाइतेमा सोही वडाकी ३४ वर्षीया सीता नेपाली, २५ वर्षीया सुजीता रसाइली, २५ वर्षीया सरिता नेपाली र सरिताकी पाँच महिनाका छोरी रोनिषा छन् । सामान्य घाइतेको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो ।