१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी

काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा संविधान संशोधनको बुँदा समावेश गरेकै कारण संविधान संशोधनको औचित्य रहेको भन्ने बुझाइ गलत भएको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रिय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले दुई पार्टीमा समझदारी भएकै आधारमा संविधान संशोधन गर्नुपर्छ भन्ने कुरा गलत भएको बताउनु भयो । संविधानकै धारामा पुनरावलोकन र संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै दुई पार्टीमा लिखित बुँदा सहमति नभइदिएको भएपनि अहिलेको संविधानमा संविधान संशोधनको जरुरत रहेको बताउनु भयो । उहाँले । समय समयमा सहमति भएअनुसार संविधान संशोधन हुने जिकिर गर्नुभयो । उहाँले संघीय प्रणाली बनाएपनि संघीयताअनुसार अधिकार प्रदान गर्न नसकेको बताउनु भयो । उहाँले प्रत्येक प्रदेशसँग आफ्नो प्रहरी संगठन, कर्मचारी हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा मात्रै संविधान संशोधनको बुँदा समावेश भएको कारणले संविधान संशोधन हुनुपर्छ वा संविधान संशोधनको औचित्य छ भन्नेकुरा होइन । दुई पार्टीमा समझदारी भयो, संविधान संशोधन गर्ने समझदारी भयो, त्यसकारले संविधान संशोधन गर्नुपर्छ भन्नेकुरा होइन । संविधानकै धारामा पुनरावलोकन र संशोधन गर्नुपर्छ भनेर लेखिएको छ । दुई पार्टीमा लिखित बुँदा सहमति नभइदिएको भएपनि अहिलेको संविधानमा संविधान संशोधनको जरुरत थियो, छ र रहीरहन्छ । समय समयमा सहमति भएअनुसार संविधान संशोधन हुन्छ । हामीले त्यसरुपमा यसलाई छलफल गरी निस्कर्षमा पुर्‍याउनुपर्छ । हामीले संघीय प्रणाली ल्यायौँ, सात प्रदेश बनायौँ तर त्यो प्रदेशसँग दुई वटा कुरा छँदै छैन । जुन सरकारसँग, निकायसँग ल इन्फोर्समेण्ट एप्रेटर्स हुँदैन, त्यसलाई सरकार भनिँदैन । जुन निकायसँग उसको आफ्नो सिभिल सर्भिस हुँदैन त्यसलाई सरकार भन्न मिल्दैन, यसमा हाम्रो कमजोरी छ, संविधानमा यसको उल्लेख गरिएको छ । प्रत्येक प्रदेशसँग आफ्नो प्रहरी संगठन हुनुपर्छ भनेर लेखेको छ, तर दिएका छैनौँ ।’

सांसद निधीले सात प्रदेशसँगै १० वर्षसम्म पनि आफ्नो कर्मचारी नरहेको बताउनु भयो । आत्मालोचनाको बानी काँग्रेसमा नरहेको तर कम्युनिष्टहरुमा धेरै हुने गरेको सुनेको भन्दै सबै राजनीतिक दलहरुले आत्मालोचना गर्न जरुरी रहेको बताउनु भयो ।