१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे

संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे
अ अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संविधान संशोधन सरकारको मात्रै विषय नभएको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रिय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान संशोधनको विषय सरकारको विषय नभएको बताउनु भयो ।

उहाँले अहिले संविधान संशोधनको पक्षमा र विपक्षमा नाराबाजी शुरु भएको भन्दै यो दु:खद् रहेको बताउनु भयो । उहाँले संविधान संशोधन गर्नेकुरा असमझदारीबाट शुरु हुँदा आवश्यक हुँदाहुँदै पनि अनुपयुक्त हुने जिकिर गर्नुभयो । उहाँले व्यवहारमा गरेका अनुभव र जनताको समस्याहरुलाई सम्बोधन गर्नेगरी संविधान संशोधन हुनुपर्ने बताउनु भयो । संविधान संशोधन कसैको जित र हारको विषय नभएको बताउनु भयो । संविधान संशोधन सत्तामा चढ्ने र ओर्लिने विषयका रुपमा लिन नहुने बताउनु भयो । उहाँले संविधान कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सन्दर्भ अहिले संविधान संशोधनको उठिरहँदाखेरी केही कुराहरु आए मलाई खुशी लागेको छ । किनभने यो ठिक ठाउँमा आएका छन् । यो कुनै बाहिर पत्रिकाहरुको खपतको लागि, चर्चा र परिचर्चाको लागि भन्दा पनि यसको अन्तरवस्तु के हो रु यसलाई प्रक्रियागत ढंगबाट जाने कुराहरुमा हल्काफुल्का गर्दा के प्रभाव पर्नसक्छ, यसलाई व्यवस्थित ढंगबाट कसरी लैजानुपर्छ भन्ने केही न केही कुराहरु आए । मलाई पनि के लाग्छ भने संविधान निर्माण गर्ने एउटा काम थियो, पाल्र्यामेण्टका ९ वर्ष बिताएर हामी १० औं वर्षमा प्रवेश गरेका छौँ । यसबीचमा हामीले अनुभुत गरेका कुराहरुलाई संशोधन गर्ने प्रक्रियामार्फत संशोधन गर्ने र यसलाई अझ स्थायित्व दिने, व्यवहारमा अझ प्रभावकारी बनाउने उपायहरु खोज्ने यो बेला स्वभाविक हो । तर यो सबै गरिरहँदा संविधान संशोधन कसले लिएर आयो रु यो विषय कसले उठायो रु त्यसको पक्षमा जाने की त्यसको विपक्षमा जाने रु भन्नेकुराबाटै असमझदारी शुरु भएर संविधान संशोधन गर्नेकुराहरु मेरो विचारमा जरुरी र उचित हुँदा हुँदै पनि अनुचित हुनसक्छ । त्यसले परिणाम पनि नराम्रो ल्याउन सक्छ । त्यसको लक्षण मात्रै होइन, त्यसका गतिविधिहरु बढिरहेको देख्दा मलाई दु:ख लागेको छ । यसलाई व्यवस्थित ढंगबाट लैजानुपर्छ, सबैको सहमति चाहिन्छ,सहकार्य न्युनतम हुनुपर्छ र समझदारी ढंगबाट निकास दिएर यसलाई संशोधन गर्नुपर्छ ।

त्यसको अगुवाई व्यवहारिक रुपबाट यो संस्थाले गर्नु उचित हुन्छ । अहिले संविधान संशोधनको विषय सरकारको विषय हो जस्तो मलाई लाग्दैन । यो सरकार बनाउनका लागि नाराको विषय हो भन्नेपनि मलाई लाग्दैन । प्रक्रिया त स्वभाविक छ । संसदले प्रक्रिया मिलाएर टुंगो गर्ने विषय हो । तर सहमति भनेको आवश्यकता के हो रु यसको औचित्यता के हो रु अझ प्रभावकारी कुन ढंगबाट जान सकिन्छ, त्यो दिशामा जानुपर्छ । अहिले बाहिर चर्चा के आएको छ भने संविधान संशोधन अग्रगमन हो, संविधान संशोधन पश्चगमन हो । संविधान संशोधनको पक्षमा जिन्दावादको नाराहरु शुरु भएको छ, संविधान संशोधन गलत हो भनेर यसको बिरुद्धमा नाराहरु शुरु भएको छ । यो दु:खद् कुरा हो । व्यवहारमा गरेका अनुभव के हुन् रु जनताले भोगेका समस्याबाट जानकारी लिएर प्रभावकारी रुपमा संशोधन गर्नुपर्ने बारेमा ध्यान दिनुपर्छ । यो हार र जितको विषय होइन । सत्तामा चढ्ने र ओर्लिने विषय नभइ हामीले ल्याएको जनताबाट छानिएका प्रतिनिधिहरुले विचार गर्नुपर्छ । व्यक्तिगत रुपमा हेर्दा संविधानबाट बनाएका योजनाहरु कार्यान्वयन गर्ने सन्दर्भमा कति मेहनत गरेका छौँ । अनिवार्य ऐन कति बनायौँ, कार्यान्वनयमा के कमजोरी भए, त्यसमा ध्यान पुगेको छैन । दिनुपर्ने ऐन दिन सकिएको छैन ।’

सभामुख घिमिरेले न्युनतम सहमति र सहकार्यको वातावरण बनाइ उपयुक्त ढंगबाट संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । –