काठमाडौँ । सहकारी बचत रकम अपचलन प्रकरणमा गोरखा मिडिया नेटवर्कका संञ्चालक तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई शंखमूल स्थित निबासबाट पक्राउ गरेको हो । जोशी माथी सहकारीको रकम अपचलन गरेको अभियोग लागेको छ ।
कास्की जिल्ला प्रहरीको पत्रका आधारमा जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको जनाइएको छ जोशीलाई अनुसन्धानका लागि पोखरा पठाइनेछ ।