३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

मेसी–रोनाल्डो युगको अन्त्य भएको वर्ष

मेसी–रोनाल्डो युगको अन्त्य भएको वर्ष
अ+ अ-

पेरिस । रुसी सहर कजानमा विश्वकपको अन्तिम–१६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले हराएपछि केलियन एमबाप्पेले लियोनल मेसीलाई सान्त्वना दिइरहेको दृश्य सन् २०१८ को उत्कृष्ट प्रतिकात्मक थियो ।

यो धेरै हदसम्म एमबाप्पेको समय थियो, किनभने यी किशोर सुपरस्टारले त्यस खेलमा दुई गोल गरे र पेले ९१९५८० पछि किशोर खेलाडीको रुपमा विश्वकपमा गोल गर्ने पहिलो स्ट्राइकर बने ।
१९ वर्षकै उमेरमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० का स्ट्राइकर एमबाप्पे फाइनलमा पेलेपछि गोल गर्ने पहिलो खेलाडी बने । उनले फ्रान्सलाई दोस्रोपल्ट विश्वकपको उपाधि पनि दिलाए । मस्कोमा फ्रान्सले लुका मोड्रिचको क्रोएसियालाई ४–२ ले हराएर उपाधि उचालेको थियो ।

 

विश्वकप आफैंमा एक ठूलो प्रतियोगिता हो । अविस्मरणीय खेलका साथै मनोरन्जनले भरिपूर्ण प्रतियोगिता भयो, जहाँ सन् १९६६ पछि फाइनल खेलमा सबैभन्दा धेरै गोल भयो ।

समूह चरणमा स्पेन र पोर्चुगलले ३–३ गोलको बराबरी खेल्दा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गरेको ह्याट्रिक, क्वाटरफाइनलमा ब्राजिलमाथि बेल्जियमको २–१ को जित र सेमिफाइनलमा क्रोएसियाले इंग्ल्यान्डलाई अतिरिक्त समयमा पराजित गरेको क्षण विश्वकपका अविस्मरणीय खेलमध्ये हुन् ।

तर, यो विश्वकप त्यो भन्दा पनि धेरै थियो । ‘सायद यो सबैभन्दा अजिव विश्वकपमध्ये एक रह्यो,’ क्रोएसियाका प्रशिक्षक ज्लात्को डालिचले भनेका थिए ।

उल्लेखनीय रूपमा उनको टिमको फाइनल यात्रा तथा जर्मनी, स्पेन र अर्जेन्टिनाजस्ता टोलीको अप्रत्याशित बहिर्गमनले के प्रस्ट भयो भने अन्तर्राष्ट्रिय फुटबलमा अहिले पनि अनुमान गर्न सकिँदैन ।

सम्भवत यो विश्वकपलाई यसकारण पनि पछिसम्म सम्झिने छ कि विश्वकप उठाउने रोनाल्डो र मेसीको सपनाको पनि अन्त्य भयो । उनीहरू अन्तिम–१६ को चरणमा एकै दिन विश्वकपबाट बाहिरिएका थिए । सन् २०१८ को यसै दिनलाई मेसी र रोनाल्डो युगको समाप्तिमा लिन सकिन्छ । दुवैले केही वर्ष प्रचुर सफलताको आनन्द लिए । गत सिजन अर्जेन्टिनी मेसीले बार्सिलोनाबाट स्पेनिस लिग र कप तथा पोर्चुगिज रोनाल्डोले यसै वर्ष युभेन्ट्स सरुवा हुनुअघि रियल म्याड्रिडबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

मोड्रिचलाई बालोन डी’अर
पछिल्ला केही वर्षयता उनको प्रभावशाली तथ्यांक कम छ । यद्यपि यी प्लेमेकरले यस वर्ष बालोन डी’अर र फिफा बेस्ट प्लेयरको उपाधि जिते । रियल म्याड्रिडलाई लगातार तीनपल्ट च्याम्पियन्स लिगको उपाधि दिलाउनु र क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्‍याएको श्रेय पाएका हुन् उनले । उनी रुसमा पनि उत्कृष्ट खेलाडी बने ।

पछिल्लो एक दशक रोनाल्डो र मेसीले यो अवार्ड बाँडे । दुवैले ५–५ पटक जिते । यसपटक रोनाल्डो दोस्रो भए मेसी भने एन्टोइन ग्रिजम्यान र एमबाप्पेपछि पाँचौं स्थानमा रहे ।

‘कसैलाई कसैको तुलना गर्ने अधिकार छैन । उनीहरू फुटबलको इतिहासकै सर्वश्रेष्ठमध्ये हुन्,’ मोड्रिचले फ्रान्स फुटबलसँग भने, ‘उनीहरूसँग काम गर्नु अविश्वसनीय हो र मलाई यसमा गर्व छ ।’

सर्वोत्कृष्ट युवा खेलाडीका रूपमा एमबाप्पेले अवार्ड थापे । सम्भवतस् भविष्य उनैको हो । क्लबस्तरमा उनको टोली पीएसजी रियलको लगातार चौथोपल्ट च्याम्पियन्स लिग जित्ने योजना समाप्त पार्न तयार छ ।

यो स्पेनिस टोलीले गत वर्ष युक्रेनको किभमा भएको फाइनलमा लिभरपुललाई हराएर उपाधि जितेको थियो । त्यस खेलमा गारेथ बेलले दुई गोल गरेका थिए । अर्को वर्ष म्याड्रिडमा हुने फाइनलमा उनीहरू गत वर्षकै प्रदर्शनको निरन्तरता खोजिरहेका छन् ।

यति हुँदाहुँदै पनि सन् २०१९ मा अन्तर्राष्ट्रिय फुटबलमा धेरै कुरा हेर्न पाइनेछ ।

नेसन्स लिग फाइनल
नयाँ संरचनाको यूईएफए नेसन्स लिग अन्तर्राष्ट्रिय फुटबलमा चर्चित बनेको छ । यसको समापन जुन महिनामा पोर्चुगलमा हुनेछ । जहाँ सेमिफाइनलमा घरेलु टोलीलेस्विट्जरल्यान्ड र नेदरल्यान्ड्सले इंग्ल्यान्डको सामना गर्दै छ । ‘गत सिजन हामी यहाँ आउन चाहन्थ्यौं । अहिले हामी आइपुगेका छौं र यो हाम्रो विकासका लागि महत्वपूर्ण खुडकलो बन्नेछ,’ यस प्रतियोगिताबारे इंग्लिस प्रशिक्षक गारेथ साउथगेटले भने ।

यद्यपि सन् २०१९ को मुख्य अन्तर्राष्ट्रिय इभेन्ट भने अर्कै हो । पहिलो पटक २४ टोलीको सहभागिता हुने एसिया कप जनवरी र फेब्रुअरीमा यूएईमा आयोजना हुँदै छ । त्यसअघि ब्राजिलले कोपा अमेरिकाको आयोजना गर्नेछ साथै अमेरिका कन्काकाफ गोल्डकप रक्षा अभियान सुरु गर्दैछ ।

फ्रान्सले अर्को विश्वकप ट्रफीको आस गर्नसक्छ । किनभने २४ टोलीसम्मिलित महिला विश्वकप फुटबल जुनरजुलाईमा फ्रान्सले आयोजना गर्दै छ । अमेरिका विश्वकपको साबिक विजेता हो ।
र, छिट्टै एउटा निर्णयको अपेक्षा गरिएको छ कि २४ टोलीसम्मिलित अफ्रिका कप अफ नेसन्सको आयोजना इजिप्ट र दक्षिण अफ्रिकाले संयुक्त रूपमा आयोजना गर्दै छन् ।

जुन वा जुलाईमा हुनुपर्ने प्रतियोगिता आयोजनाको जिम्मा लिएको क्यामरुनले तयारीमा ढिलाइ गरेको भन्दै अफ्रिकी फुटबल महासंघले उसको अधिकार खोसिसकेको छ । एएफपी