• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

मेसी–रोनाल्डो युगको अन्त्य भएको वर्ष



पेरिस । रुसी सहर कजानमा विश्वकपको अन्तिम–१६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले हराएपछि केलियन एमबाप्पेले लियोनल मेसीलाई सान्त्वना दिइरहेको दृश्य सन् २०१८ को उत्कृष्ट प्रतिकात्मक थियो ।

यो धेरै हदसम्म एमबाप्पेको समय थियो, किनभने यी किशोर सुपरस्टारले त्यस खेलमा दुई गोल गरे र पेले ९१९५८० पछि किशोर खेलाडीको रुपमा विश्वकपमा गोल गर्ने पहिलो स्ट्राइकर बने ।
१९ वर्षकै उमेरमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० का स्ट्राइकर एमबाप्पे फाइनलमा पेलेपछि गोल गर्ने पहिलो खेलाडी बने । उनले फ्रान्सलाई दोस्रोपल्ट विश्वकपको उपाधि पनि दिलाए । मस्कोमा फ्रान्सले लुका मोड्रिचको क्रोएसियालाई ४–२ ले हराएर उपाधि उचालेको थियो ।

 

विश्वकप आफैंमा एक ठूलो प्रतियोगिता हो । अविस्मरणीय खेलका साथै मनोरन्जनले भरिपूर्ण प्रतियोगिता भयो, जहाँ सन् १९६६ पछि फाइनल खेलमा सबैभन्दा धेरै गोल भयो ।

समूह चरणमा स्पेन र पोर्चुगलले ३–३ गोलको बराबरी खेल्दा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गरेको ह्याट्रिक, क्वाटरफाइनलमा ब्राजिलमाथि बेल्जियमको २–१ को जित र सेमिफाइनलमा क्रोएसियाले इंग्ल्यान्डलाई अतिरिक्त समयमा पराजित गरेको क्षण विश्वकपका अविस्मरणीय खेलमध्ये हुन् ।

तर, यो विश्वकप त्यो भन्दा पनि धेरै थियो । ‘सायद यो सबैभन्दा अजिव विश्वकपमध्ये एक रह्यो,’ क्रोएसियाका प्रशिक्षक ज्लात्को डालिचले भनेका थिए ।

उल्लेखनीय रूपमा उनको टिमको फाइनल यात्रा तथा जर्मनी, स्पेन र अर्जेन्टिनाजस्ता टोलीको अप्रत्याशित बहिर्गमनले के प्रस्ट भयो भने अन्तर्राष्ट्रिय फुटबलमा अहिले पनि अनुमान गर्न सकिँदैन ।

सम्भवत यो विश्वकपलाई यसकारण पनि पछिसम्म सम्झिने छ कि विश्वकप उठाउने रोनाल्डो र मेसीको सपनाको पनि अन्त्य भयो । उनीहरू अन्तिम–१६ को चरणमा एकै दिन विश्वकपबाट बाहिरिएका थिए । सन् २०१८ को यसै दिनलाई मेसी र रोनाल्डो युगको समाप्तिमा लिन सकिन्छ । दुवैले केही वर्ष प्रचुर सफलताको आनन्द लिए । गत सिजन अर्जेन्टिनी मेसीले बार्सिलोनाबाट स्पेनिस लिग र कप तथा पोर्चुगिज रोनाल्डोले यसै वर्ष युभेन्ट्स सरुवा हुनुअघि रियल म्याड्रिडबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

मोड्रिचलाई बालोन डी’अर
पछिल्ला केही वर्षयता उनको प्रभावशाली तथ्यांक कम छ । यद्यपि यी प्लेमेकरले यस वर्ष बालोन डी’अर र फिफा बेस्ट प्लेयरको उपाधि जिते । रियल म्याड्रिडलाई लगातार तीनपल्ट च्याम्पियन्स लिगको उपाधि दिलाउनु र क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्‍याएको श्रेय पाएका हुन् उनले । उनी रुसमा पनि उत्कृष्ट खेलाडी बने ।

पछिल्लो एक दशक रोनाल्डो र मेसीले यो अवार्ड बाँडे । दुवैले ५–५ पटक जिते । यसपटक रोनाल्डो दोस्रो भए मेसी भने एन्टोइन ग्रिजम्यान र एमबाप्पेपछि पाँचौं स्थानमा रहे ।

‘कसैलाई कसैको तुलना गर्ने अधिकार छैन । उनीहरू फुटबलको इतिहासकै सर्वश्रेष्ठमध्ये हुन्,’ मोड्रिचले फ्रान्स फुटबलसँग भने, ‘उनीहरूसँग काम गर्नु अविश्वसनीय हो र मलाई यसमा गर्व छ ।’

सर्वोत्कृष्ट युवा खेलाडीका रूपमा एमबाप्पेले अवार्ड थापे । सम्भवतस् भविष्य उनैको हो । क्लबस्तरमा उनको टोली पीएसजी रियलको लगातार चौथोपल्ट च्याम्पियन्स लिग जित्ने योजना समाप्त पार्न तयार छ ।

यो स्पेनिस टोलीले गत वर्ष युक्रेनको किभमा भएको फाइनलमा लिभरपुललाई हराएर उपाधि जितेको थियो । त्यस खेलमा गारेथ बेलले दुई गोल गरेका थिए । अर्को वर्ष म्याड्रिडमा हुने फाइनलमा उनीहरू गत वर्षकै प्रदर्शनको निरन्तरता खोजिरहेका छन् ।

यति हुँदाहुँदै पनि सन् २०१९ मा अन्तर्राष्ट्रिय फुटबलमा धेरै कुरा हेर्न पाइनेछ ।

नेसन्स लिग फाइनल
नयाँ संरचनाको यूईएफए नेसन्स लिग अन्तर्राष्ट्रिय फुटबलमा चर्चित बनेको छ । यसको समापन जुन महिनामा पोर्चुगलमा हुनेछ । जहाँ सेमिफाइनलमा घरेलु टोलीलेस्विट्जरल्यान्ड र नेदरल्यान्ड्सले इंग्ल्यान्डको सामना गर्दै छ । ‘गत सिजन हामी यहाँ आउन चाहन्थ्यौं । अहिले हामी आइपुगेका छौं र यो हाम्रो विकासका लागि महत्वपूर्ण खुडकलो बन्नेछ,’ यस प्रतियोगिताबारे इंग्लिस प्रशिक्षक गारेथ साउथगेटले भने ।

यद्यपि सन् २०१९ को मुख्य अन्तर्राष्ट्रिय इभेन्ट भने अर्कै हो । पहिलो पटक २४ टोलीको सहभागिता हुने एसिया कप जनवरी र फेब्रुअरीमा यूएईमा आयोजना हुँदै छ । त्यसअघि ब्राजिलले कोपा अमेरिकाको आयोजना गर्नेछ साथै अमेरिका कन्काकाफ गोल्डकप रक्षा अभियान सुरु गर्दैछ ।

फ्रान्सले अर्को विश्वकप ट्रफीको आस गर्नसक्छ । किनभने २४ टोलीसम्मिलित महिला विश्वकप फुटबल जुनरजुलाईमा फ्रान्सले आयोजना गर्दै छ । अमेरिका विश्वकपको साबिक विजेता हो ।
र, छिट्टै एउटा निर्णयको अपेक्षा गरिएको छ कि २४ टोलीसम्मिलित अफ्रिका कप अफ नेसन्सको आयोजना इजिप्ट र दक्षिण अफ्रिकाले संयुक्त रूपमा आयोजना गर्दै छन् ।

जुन वा जुलाईमा हुनुपर्ने प्रतियोगिता आयोजनाको जिम्मा लिएको क्यामरुनले तयारीमा ढिलाइ गरेको भन्दै अफ्रिकी फुटबल महासंघले उसको अधिकार खोसिसकेको छ । एएफपी