२१ आश्विन २०८१, सोमबार
,
Latest
निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमएस ग्रुपले ल्यायो नेपाली बजारमा सर्वाेत्कृष्ट क्रेनका उत्पादनहरु



अ+ अ-

काठमाडौं – विश्वकै नम्बर १ ब्राण्ड (Humidifier Brand Crane) को नेपालस्थित आधिकारिक बिक्रता आई.एम.एस ग्रुपले यसका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ ।

यस ग्रुपले उल्लेखित ब्राण्डको स्वास्थ्य एवम जीवनशैली सम्बन्धी विभिन्न उत्पादनहरु जस्तै humidifier (कोठाको हावा ओसिलो बनाउन प्रयोग गरिने उपकरणहरु) एयर प्युरिफायर, टावर फ्यान, हिटर र अरोमाडिफ्युजर बजारमा बिक्री वितरण आरम्भ गरेको जनाएको छ ।
क्रेन ब्राण्डले नवीन एवम उत्कृष्ट बस्तुहरु उत्पादन गरेवापत ”Best Humidifier for Small Spaces- 2015, PTPA Consumer Report Magazine BEST PRODUCTS 2012″ र  ”Family Choice-2018” लगायत अन्य धेरै पुरस्कार एवम सम्मानहरु पनि प्राप्त गरिसकेको ग्रुपले जनाएको छ ।

क्रेन एयर प्युरिफायर हावालाई शुद्धीकरण गरी वातावरणलाई किटाणु रहित र स्वस्थ बनाउन प्रभावकारी छ । यसैगरी क्रेन Humidifier को प्रयोग बच्चा तथा वयस्क दुबै उमेर समूहलाई बाह्रै महिना फाइदाकारी हुन्छ । विशेषगरी जाडो याममा फाइदाजनक हुन्छ । यसले विशेषतः हावालाई ओसिलो बनाई रुघाखोकी, नाकमा रगत आउने, आँखा चिलाउने लगायत अन्य हिउँदमा देखिने समस्यालाई समेत निराकरण गर्दछ ।

यसै सन्दर्भमा आ.एम.एस. ग्रुपका अध्यक्ष एवम प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिकेश मलहोत्रा भन्नुहुन्छ, “हामी क्रेन जस्तो अन्तर्राष्ट्रिय स्तरमा उच्चस्तरीय र लोकप्रिय ब्राण्डको आधिकारिक बिक्रेता हुन पाउँदा खुसी र उत्साहित छाैँ । यसका उत्पादनहरु स्वास्थ्य लगायत अन्य दृष्टिकोणले पनि अत्यन्त उपयोगी र लाभदायक छन् ।”

आ.एम.एस. ग्रुपले क्रेन ब्राण्डका उत्पादनहरु छिमेकी राष्ट्रको मूल्यभन्दा पनि कम मूल्यमा ग्राहक समक्ष उपलब्ध गराउने उहाँ बताउनुहुन्छ । यस ग्रुप सदैव नेपाली उपभोक्ताहरुको बदलिदो माग र आकाँक्षालाई पूरा गर्न उत्कृष्ट उत्पादनहरु बजारमा ल्याउन कटिबद्ध रहेको पनि मलहोत्रा बताउनुहुन्छ । क्रेनका उत्पादनहरु ग्राहक वर्गले अनलाइन सपिङ्ग पोर्टल स्मार्ट डोको मार्फत पनि खरिद गर्न सक्नेछन् ।

आई.एम.एस ग्रुप के हो ?

आई.एम.एस गु्रप २० ओटा कम्पनीहरुको साझा समूह हो । यो गु्रप सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता पनि हो ।

आई.एम.एस ग्रुप सन् १९९८ मा पहिलोपल्ट नेपालमा मोबाइल भित्रयाउने आधिकारिक समूह पनि हो । यस गु्रपले स्थापना भएको २५ वर्षमा नै अतुल्य सफलता हासिल गरेको छ भन्ने कुराको पुष्टी यस ग्रुपको ब्यानर अन्तर्गत आउने विभिन्न कम्पनीहरुको संख्याबाट बुझिन्छ ।