१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको अपराजित यात्रा, सिटीको लगातार दोस्रो हार



अ+ अ-

काठमाडौँ । ईङ्गलिस प्रिमियर लिग फुटबलको लिभरपुल अपराजित यात्रा कायमै रहेको छ । बुधबार राति भएको खेलमा एकमात्र अपराजित टोली लिभरपुलले न्युकासल माथि ४–० को प्रभावशाली जित हात पारेको हो ।

जितसँगै लिभरपुलले दोश्रो स्थानको टटनहामसँगको दुरी ६ अंकमा पुर्‍याएको छ । १६ औं जित निकाल्ने क्रममा लिभरपुलका लागि देजान लोभरेन, मोहम्मद सालेह, जेद्रान साकिरी र फाविन्होले १–१ गोल गरेका थिए ।

लिभरपुलको जारी लिगमा १९ खेलबाट ५१ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

म्यानचेष्टर सिटीको लगातार दोस्रो हार

गएराती नै भएको खेलमा लेष्टर सिटीसँग २–१ गोल अन्तरले पराजित हुँदै म्यानचेष्टर सिटी तालिकाको तेश्रो स्थानमा झरेको छ । ४४ अंकमा तेस्रो स्थानमा रहेको म्यानचेष्टरले जारी लिगको लगातार दोस्रो हार हो

गएराती भने खेलको सुरुवाती १४ औँ मिनेटमा बर्नाडो सिल्भाको गोलबाट म्यानचेष्टर सिटीले अग्रता बनाएपनि १९ औँ मिनेटमा मार्क अलब्राईटले लेष्टरका लागि बराबरी गोल गरेका थिए । ८१ औँ मिनेटमा रिकार्डो पिरेराले गरेको गोल लेष्टरलाई भने लगातार दोस्रो जित निकाल्न पर्याप्त भयो ।

टटनहामले बर्नमाउथलाई ५–० ले हरायो

बर्नमाउथलाई ५–० को फराकिलो अन्तरले हराउँदै टटनहाम तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । टटनहामको ४५ अंक भएको छ ।

चेल्सीले वार्टफोर्डलाई २–१ ले हरायो

चौथो स्थानमा रहेको चेल्सीले वार्टफोर्डलाई २–१ ले हराउँदा पाँचौ स्थानको आर्सनल पनि ब्राईटन एण्ड होभ अल्बियनसँग १–१ को बराबरीमा रोकियो ।

म्यानचेष्टर युनाईटेडले हर्डल्सफिल्ड टाउन माथि ३–१ को जित

म्यानचेष्टर युनाईटेडले हर्डल्सफिल्ड टाउन माथि ३–१ को जित हात पार्दा, एर्भटनले बर्नलीलाई ५–१ ले हराएको छ । कार्डिफ सिटी र क्रिष्टल प्यालेसले भने गोल रहित बराबरीका साथ अंक बाँडेका छन् ।