१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहयोगका लागि मिर्गौला पीडितको आग्रह



अ+ अ-

हेटौँडा । मिर्गौलाको उपचार गराइरहेकी हेटौँडा उपमहानगरपालिका–१२, गुम्बाटोल पदमपोखरीकी विमला स्याङ्तानले आफ्नो उपचारमा सहयोगको अपेक्षा गर्दै आज यहाँ पत्रकार सम्मेलन गर्नुभएको छ ।

विसं २०६९ देखि दुवै मिर्गौलाले काम गर्न छाडेको उनको केही समय अघिदेखि डायलाइसिस गराउन थालिएको हो । उपचार गराउँदा गराउँदै हालसम्म करीब रु १८ लाख खर्च भएको र थप उपचारमा समस्या भएको उहाँले बताउनुभयो ।

दुई छोरा र एक छोरीकी आमा ४२ वर्षीया स्याङ्तानलाई श्रीमान्ले बेवास्ता गरेपछि उपचार र घरव्यवहार दुवैतिरको भार छ । भीमफेदी गाउँपालिका ९साविक इपापञ्चकन्या गाविस–२०, का सूर्यबहादुर स्याङ्तानसँग विवाह गरी तीन सन्तानकी आमा बन्नुभएको उहाँ अहिले रोग र अभावसँग एकैसाथ जुध्दै हुनुहुन्छ । एकातिर आफ्नो ज्यान रोगी, अर्कोतिर परिवारको आर्थिक भार । विमलाको मिर्गौलामा समस्या देखिएको थाहा भएर केही वर्षपछि उनको श्रीमान्ले उहाँलाई छोडेका थिए ।

उहाँका अनुसार विगत चार वर्षदेखि श्रीमान् सम्पर्कविहीन छन् । विमला हाल पदमपोखरीस्थित आफ्नो माइती घरमा छोराछोरीसहित बस्दै आउनुभएको छ । सरकारले निःशुल्क डायलाइसिस गराए पनि रगत, अस्पताल आवतजावत जस्ता अन्य खर्चका लागि आम्दानीको स्रोत नहुँदा उहाँलाई समस्या छ । “डायलाइसिसको लागि सरकारले निःशुल्क गराएको छ, अस्पताल (चितवन) आउनजान र अरु खर्चको लागि पनि धेरै गाह्रो भइरहेको छ”, विमलाकी छोरी ज्योतिले भन्नुभयो ।

विमलालाई सहयोग गर्न चाहनेले उहाँको उपचारको लागि नेपाल बैंकमा ज्योति स्याङ्तानको नाममा रहेको ०२५०११०६६०८४७००००००१ खातामा रकम जम्मा गर्न या उहाँको बारेमा बुझ्न चाहनेले उनको छोरी ज्योतिलाई ९८०४२४३९१३ मा सम्पर्क गर्न आग्रह गरिएकोछ । रासस