४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

वार्ताटोलीको निष्कर्षः ‘अब मुलुकमा द्वन्द्वरत अवस्थाको अन्त्य’

वार्ताटोलीको निष्कर्षः ‘अब मुलुकमा द्वन्द्वरत अवस्थाको अन्त्य’
अ+ अ-

काठमाडौँ । उच्चस्तरीय राजनीतिक वार्ता टोलीले मुलुकमा द्वन्द्वरत अवस्था नरहेको जनाएको छ ।

गैह्रकानुनी गतिविधि गर्ने एकाध समूहबाहेक सबै समूहहरु विगतका क्रियाकलाप पत्यिाग गरी मूलधारको राजनीतिक प्रक्रियामा समावेश भैसकेकोले हाल मुलुक द्वन्द्वरत अवस्थामा नरहेको वार्ता टोलीले जनाएको छ । आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी वार्ताटोलीले विगतमा भएका द्वन्द्वरत समूह वार्ताको माध्यमबाट शान्ति प्रक्रियामा आएका, भएका हतियार बुझाएको तथा केही समूहले निःशस्त्र भएको घोषणा गरेकाले मुलुकमा द्वन्द्वरत समूह नभएको जनाएको हो ।

नेत्रविक्रम चन्द्र नेतृत्वका नेकपा माओवादीबाहेक राजनीतिक हैसियतका कुनै समूह नरहेकाले वार्ता गर्नुपर्ने अवस्था नभएको वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डेले उल्लेख गर्नुभयो । “हामी के निष्कर्षमा पुग्यौँ भने विगतमा भएका समूह अब राजनीतिक पार्टी र कुनै समूहको हैसियतमा छैनन् एकाध आपराधिक गतिविधि गरे पनि त्यो नितान्त उनीहरुको व्यक्तिगत स्वार्थको निम्ति हुनेछ र अब कुनै पनि समूह नरहेकाले वार्ता गर्नुपर्ने अवस्था नरहेको हामीले प्रतिवेदनमा उल्लेख गरेका छौँ,” उहाँले भन्नुभयो ।

संविधानबाहिरका राजनीतिक दल/सशस्त्र समूहसँग भएका सहमति/सम्झौता कार्यान्वयन सुझाव कार्यदल २०७१ ले अध्ययन गर्दा एक हजार १७६ व्यक्तिहरुलाई मुद्दा लागेको अवस्था थियो । वार्ताटोलीले अध्ययन गर्दा जम्मा ६०७ मुद्दा लागेका व्यक्तिको विवरण प्राप्त भएकोमध्ये कानूनबमोजिम फिर्ता लिन नसकिने मुद्दा ३२८ रहेको छ । कानूनबमोजिम फिर्ता वा माफिको प्रक्रिया अघि बढाउन सकिने प्रकृतिका मुद्दा २७९ रहेको छ ।

वार्तामा आएका समूहका द्वन्द्वको क्रममा मुत्यु भएकाको सङ्ख्या ९० र घाइते ४२ रहेको वार्ताटोलीले जनाएको छ ।

संयोजक पाण्डेका अनुसार सरकारको अभिलेखमा ४५ वार्ता समूह रहेकामा वार्ताटोलीले विस्तृत रुपमा खोज्दा २६ समूहको पहिचान भएको र त्यसमध्ये २० समूह आफैँ समाप्त भइसकेकाले उनीहरुसँग वार्ता गर्नुपर्ने आवश्यकता छैन । बाँकी समूहसँग वार्ता गरी निःशस्त्र बनाएर केही हतियार पनि फिर्ता गरिएको छ । मधेशमा समूह खडा गरी विभिन्न गतिविधि चलाइरहेको सिके राउत समूह राजनीतिक प्रकृतिको नभएकोले वार्ता गर्नु नपर्ने टोलीको निष्कर्ष छ ।

विप्लव नेतृत्वको माओवादीसँग वार्ताका लागि ढोका खुल्ला भएको र उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्दसँगै वार्ताटोलीले छलफल गरेर मात्र वार्ताका लागि औपचारिक पत्राचार गरिने वार्ताटोालीले उल्लेख गरेको छ । संयोजक पाण्डेले वार्ताका लागि दोस्रो तहका नेतासँग पटक पटक सकारात्मक छलफल भए पनि माथिल्ला नेताहरुको कुनै जवाफ नआएकाले वार्ताले सार्थकता पाउन नसकेको र पुनः वार्ताका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

वार्ताटोलीले विगतमा सहमति/सम्झौता गरेका र वार्तामा समावेश नभएका सबै समूहसँग औपचारिक वार्ताका लागि आह्वान गरेको थियो । करीब चार महीनाको वार्ता अवधिमा विभिन्न २३ समूहसँग औपचारिक वार्ता गरेको थियो । तीमध्ये तीन समूहले आफ्नो हतियार बुझाएको र तीन समूहले निःशस्त्र भई मूलधारको राजनीतिक प्रक्रियामा समावेश भएको घोषणा गरेका थिए । द्वन्द्वरत एवम् विभिन्न पक्षसँग वार्ता गर्न सरकारले गत भदौ ८ गत मन्त्रिपरिषद्बाट पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय अधिकार सम्पन्न वार्ताटोली गठन गरेको थियो । रासस