• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   नेपाल–चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ: उपाध्यक्ष घिमिरे ★   लैंगिक समानता घरबाटै सुरु गरौ, लैंगिक हिंसा अन्त्य गरौ ★   ‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला ★   गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई ★   शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता छैनः मन्त्री बुढा ★   वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नागरिक ठगिएका छन्, टुलुटुलु हेरेर बस्न सक्दिनँः मन्त्री अर्याल ★   दक्षिणी मेक्सिकोमा एक हप्ताभित्र दुई नगर प्रमुखको हत्या ★   टी–२० विश्वकपको इतिहासमा पहिलो खेल खेलेका वेस्ट इन्डिज र दक्षिण अफ्रिका भिड्दै ★   जिबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैन: प्रकाशशरण महत ★   प्रधानमन्त्री बलियो हुनुहुन्छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ: महेश बर्तौला

वार्ताटोलीको निष्कर्षः ‘अब मुलुकमा द्वन्द्वरत अवस्थाको अन्त्य’



काठमाडौँ । उच्चस्तरीय राजनीतिक वार्ता टोलीले मुलुकमा द्वन्द्वरत अवस्था नरहेको जनाएको छ ।

गैह्रकानुनी गतिविधि गर्ने एकाध समूहबाहेक सबै समूहहरु विगतका क्रियाकलाप पत्यिाग गरी मूलधारको राजनीतिक प्रक्रियामा समावेश भैसकेकोले हाल मुलुक द्वन्द्वरत अवस्थामा नरहेको वार्ता टोलीले जनाएको छ । आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी वार्ताटोलीले विगतमा भएका द्वन्द्वरत समूह वार्ताको माध्यमबाट शान्ति प्रक्रियामा आएका, भएका हतियार बुझाएको तथा केही समूहले निःशस्त्र भएको घोषणा गरेकाले मुलुकमा द्वन्द्वरत समूह नभएको जनाएको हो ।

नेत्रविक्रम चन्द्र नेतृत्वका नेकपा माओवादीबाहेक राजनीतिक हैसियतका कुनै समूह नरहेकाले वार्ता गर्नुपर्ने अवस्था नभएको वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डेले उल्लेख गर्नुभयो । “हामी के निष्कर्षमा पुग्यौँ भने विगतमा भएका समूह अब राजनीतिक पार्टी र कुनै समूहको हैसियतमा छैनन् एकाध आपराधिक गतिविधि गरे पनि त्यो नितान्त उनीहरुको व्यक्तिगत स्वार्थको निम्ति हुनेछ र अब कुनै पनि समूह नरहेकाले वार्ता गर्नुपर्ने अवस्था नरहेको हामीले प्रतिवेदनमा उल्लेख गरेका छौँ,” उहाँले भन्नुभयो ।

संविधानबाहिरका राजनीतिक दल/सशस्त्र समूहसँग भएका सहमति/सम्झौता कार्यान्वयन सुझाव कार्यदल २०७१ ले अध्ययन गर्दा एक हजार १७६ व्यक्तिहरुलाई मुद्दा लागेको अवस्था थियो । वार्ताटोलीले अध्ययन गर्दा जम्मा ६०७ मुद्दा लागेका व्यक्तिको विवरण प्राप्त भएकोमध्ये कानूनबमोजिम फिर्ता लिन नसकिने मुद्दा ३२८ रहेको छ । कानूनबमोजिम फिर्ता वा माफिको प्रक्रिया अघि बढाउन सकिने प्रकृतिका मुद्दा २७९ रहेको छ ।

वार्तामा आएका समूहका द्वन्द्वको क्रममा मुत्यु भएकाको सङ्ख्या ९० र घाइते ४२ रहेको वार्ताटोलीले जनाएको छ ।

संयोजक पाण्डेका अनुसार सरकारको अभिलेखमा ४५ वार्ता समूह रहेकामा वार्ताटोलीले विस्तृत रुपमा खोज्दा २६ समूहको पहिचान भएको र त्यसमध्ये २० समूह आफैँ समाप्त भइसकेकाले उनीहरुसँग वार्ता गर्नुपर्ने आवश्यकता छैन । बाँकी समूहसँग वार्ता गरी निःशस्त्र बनाएर केही हतियार पनि फिर्ता गरिएको छ । मधेशमा समूह खडा गरी विभिन्न गतिविधि चलाइरहेको सिके राउत समूह राजनीतिक प्रकृतिको नभएकोले वार्ता गर्नु नपर्ने टोलीको निष्कर्ष छ ।

विप्लव नेतृत्वको माओवादीसँग वार्ताका लागि ढोका खुल्ला भएको र उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्दसँगै वार्ताटोलीले छलफल गरेर मात्र वार्ताका लागि औपचारिक पत्राचार गरिने वार्ताटोालीले उल्लेख गरेको छ । संयोजक पाण्डेले वार्ताका लागि दोस्रो तहका नेतासँग पटक पटक सकारात्मक छलफल भए पनि माथिल्ला नेताहरुको कुनै जवाफ नआएकाले वार्ताले सार्थकता पाउन नसकेको र पुनः वार्ताका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

वार्ताटोलीले विगतमा सहमति/सम्झौता गरेका र वार्तामा समावेश नभएका सबै समूहसँग औपचारिक वार्ताका लागि आह्वान गरेको थियो । करीब चार महीनाको वार्ता अवधिमा विभिन्न २३ समूहसँग औपचारिक वार्ता गरेको थियो । तीमध्ये तीन समूहले आफ्नो हतियार बुझाएको र तीन समूहले निःशस्त्र भई मूलधारको राजनीतिक प्रक्रियामा समावेश भएको घोषणा गरेका थिए । द्वन्द्वरत एवम् विभिन्न पक्षसँग वार्ता गर्न सरकारले गत भदौ ८ गत मन्त्रिपरिषद्बाट पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय अधिकार सम्पन्न वार्ताटोली गठन गरेको थियो । रासस