२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेगा बैंकबाट ७.८५ प्रतिशत लाभांश प्रस्ताव, पौष ३० गते साधारणसभा आह्वान



अ+ अ-

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुलाई बोनस शेयरसहित ७ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

मेगा बैंकले आर्थिक वर्ष २०७४÷७५ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको ६.८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार ५ सय ७० रुपैँया ५९ पैंसा नगद लाभांश दिन लागेको हो । यसैगरी, चुक्ता पुँजीको १ दशमलव ००२३३ प्रतिशले हुन आउने १० करोड ३० लाख ९४ हजार ८ सय ७५ रुपैँया ८० पैसा बोनस शेयर दिन लागेको बैंकले जनाएको छ ।

तत्कालीन नेपाल लेखामान (न्ब्ब्ए) बमोजिम तयार पारिएको वित्तीय विवरणको आधारमा वितरणयोग्य मुनाफाको प्रतिशत दोहोरो अङ्कमा देखिए पनि नेपाल वित्तीय प्रतिवेदन मान बमोजिम वित्तीय विवरण तयार गर्दा मुनाफाको हिस्सा जगेडा तथा कोषहरु सार्नु परेकोले ७.८५ प्रतिशत मात्र लाभांश हुन आएको हो ।

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडसँगको मर्जरबाट प्राप्त शेयर स्वाप आदानप्रदान बापतको पुँजीगत कोष १० करोड ५ लाख ३० हजार ९ सय ९५ रुपैँया र बाँकी २५ लाख ६३ हजार ८ सय ८१ रुपैँया सोही मर्जरबाट प्राप्त शेयर प्रिमियम रकम नगद लाभांश मार्फत दिन नमिल्ने भएकोले बोनस शेयरको रुपमा मात्र वितरण गर्न मिल्ने हुँदा चुक्ता पुँजीको १ दशमलव ००२३३ प्रतिशल प्रस्तावित बोनस शेयर छुट्टाइएको हो । नगद र बोनस शेयर गरी ८० करोड ७६ लाख ५३ हजार ४ सय ४६ रुपैँया ३९ पैंसा लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ ।

बैंक सञ्चालक समितिको २३७ औं बैठकले निर्णय गरेको लाभांश बाँड्ने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले समेत स्वीकृति दिइसकेको छ । लाभांश वितरण लगायतका अन्य निर्णयका लागि बैंकले पुस ३० गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

मेगा बैंकको हालको चुक्ता पूँजी १० अर्ब २८ करोड ५५ लाख २६ हजार ५ सय ७८ रुपैयाँ रहेको छ । प्रस्तावित बोनसपछि मेगाको चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ करोड २१ हजार ४ सय ५३ रुपैयाँ पुग्नेछ ।

मेगा बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा निक्षेप ६८ प्रतिशतले र कर्जा ७७ प्रतिशतले वृद्धि गरेको छ भने बैंकको मुनाफा ३९५ प्रतिशतले वृद्धि भई ४० करोड २५ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।

बैंकको व्यवसायको आकार लगायत मुनाफामा भएको यो वृद्धि वाणिज्य बैंकहरु मध्येकै अधिकतम वृद्धि दर हो । बैंकले प्रतिशेयर १५ रुपैयाँ ४४ पंैसा खूद मुनाफा आर्जन गरेको छ भने अघिल्लो बर्ष सोहि अवधिमा बैंकले प्रतिशेयर ६ रुपैयाँ ८८ पंैसा खूद मुनाफा आर्जन गरेको थियो ।