३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

निःशुल्क सीप परीक्षणमा न्यून आवेदन, पुनःआवेदन गर्न समयावधि थप

निःशुल्क सीप परीक्षणमा न्यून आवेदन, पुनःआवेदन गर्न समयावधि थप
अ+ अ-

काठमाडौँ : सरकारले विदेशमा विभिन्न सीप सिकेर फर्केका युवाको निःशुल्क सीप परीक्षणका लागि पुनः आवेदन गर्न समयावधि थप गरिएको छ ।

विदेशमा विभिन्न सीप सिकेर फर्केका युवाको निःशुल्क सीप परीक्षणका लागि सरकारले तयारी गरे पनि लक्ष्यभन्दा निकै कममात्र युवाको आवेदन परेपछि पुनः आवेदन गर्न समयावधि थप गरिएको हो ।

सरकारले यस वर्ष एक हजारको सङ्ख्यामा वैदेशिक रोजगारीबाट फर्केका युवाको २० प्रकारका सीप परीक्षण गर्ने लक्ष्य लिएको थियो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गत मङ्सिर ११ गते वैदेशिक रोजगारीबाट विभिन्न सीप आर्जन गरी स्वदेश फर्केका कामदारको निःशुल्क सीप परीक्षणका लागि यही पुस ११ गतेसम्म निवेदन दिन सक्ने व्यवस्था गरेको थियो । बोर्डले आज एक सूचना जारी गर्दै सीप परीक्षणका लागि यही पुस ३० गतेसम्म निवेदन गर्न सकिने जनाएको छ ।

बोर्डका उपसचिव दीनबन्धु सुवेदीले सीप परीक्षणका लागि सरकारले लक्ष्य गरेभन्दा निकै कम सङ्ख्यामा युवाले आवदेन गरेको बताउनभुयो । उहाँका अनुसार मङ्गलबारसम्म जम्मा १६० जनाले सीप परीक्षणका लागि निवेदन दिएका छन् ।

सीप परीक्षणका लागि कमको सङ्ख्यामा आवेदन परेसँगै बोर्डले अधिकको सङ्ख्यामा वैदेशिक रोजगारीमा गएका प्रदेश नं १ र २ का विभिन्न जिल्लामा स्थानीय भाषामा सूचना जारी गर्ने तयारी गरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

बोर्डले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)को सहयोगमा तह १ को सीप परीक्षण गर्ने तयारी गरेको थियो । बोर्डले विभिन्न २० प्रकारका सीपको परीक्षण हुने जनाएको छ । विल्डिङ पेन्टर, फर्निचर मेकर, जुनियर प्लम्बर, स्काप फोल्डर, सटरिङ कार्पेन्ट्री, स्टोन लेयर मेसन (डकर्मी), विल्डिङ इलेक्ट्रेसिन, इन्डस्ट्रियल इलेक्ट्रिसियन र असिस्टेन्स ब्युटिसियनको सीप परीक्षण गरी प्रमाणपत्र दिने जनाएको छ ।

यस्तै असिस्टेन्ट वेटर, केयर गिभर, कमी तेस्रो, हाउस किपिङ क्लिनर, आर्क वेल्डर, आलुमिनियम फेब्रिकेटर, रेफ्रिजेरेशन एण्ड एअर कन्डिसन जुनियर मेकानिक्स, सुरक्षा गार्ड, टेलरिङ, एक्साभेटर अपरेटर र स्ट्रक्चरल फेब्रिकेटरको सीप परीक्षण गरिने छ ।

सीप परीक्षणका लागि बोर्डले तोकेको फारामसँगै नागरिकताको प्रमाणपत्र र राहदानीको प्रतिलिपी, वैदेशिक रोजगारीमा गएको प्रमाणित हुने अन्य कागजात पेश गर्नुपर्नेछ । सातै प्रदेशका विभिन्न स्थानमा सीप परीक्षणका लागि निवेदन दिन सकिने उपसचिव सुवेदीले जानकारी दिनुभयो ।

प्रदेश नं १ को दमक टेक्निकल एजुकेशन फाउन्डेशन (झापा) र पाथीभरा हिमालयन पोलिटेक्निक प्रालि (सुनसरी), प्रदेश नं २ को लहान प्राविधिक शिक्षालय (सिरहा), विपी मेमोरियल पोलिटेक्निक इन्ष्टिच्युट (धनुषा) र वीरगन्ज इन्ष्टिच्युट अफ टेक्नोलोजी (पर्सा), प्रदेश नं ३ को नेपाल–भारतमैत्री पोलिटेक्निक इन्ष्टिच्युट (मकवानपुर), नारायणी पोलिटेक्निक इन्ष्टिच्युट (चितवन), वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय (काठमाडौँ) र राष्ट्रिय सीप परीक्षण समिति (भक्तपुर) मा पनि निवेदन दिन सकिने छ ।

त्यस्तै गण्डकी प्रदेशको पोखरा प्राविधिक शिक्षालय (कास्की) र धवालागिरि पोलिटेक्निक इन्ष्टिच्युट (बागलुङ), प्रदेश नं ५ को कोरिया नेपाल इन्ष्टिच्युट अफ टेक्नोलोजी (रुपन्देही), राप्ती प्राविधिक शिक्षालय (दा¬ङ) र भेरी प्राविधिक शिक्षालय (बाँके), कर्णाली प्रदेशको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय (सुर्खेत) र कर्णाली प्राविधिक शिक्षालय (जुम्ला) तथा सुदूरपश्चिम प्रदेशको धनगढी कलेज अफ इन्फरमेशन टेक्नोलोजी (कैलाली), व्यावसायिक तथा सीप विकास तालीम केन्द्र (कञ्चनपुर) र सेती प्राविधिक शिक्षालय (डोटी) बाट सीप परीक्षणका लागि निवेदन दिन सकिने बोर्डले जनाएको छ ।