१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजोएलिना मदागास्करको राष्ट्रपतिमा पुनः निर्वाचित



अ+ अ-

एन्टानानारिभो । मदागास्करका पूर्व राष्ट्रपति आन्ड्री राजोएलिना पुनः राष्ट्रपति निर्वाचित हुनुभएको छ ।

गत हप्ता सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धी मार्क राभालोमानानालाई करिब १० प्रतिशतको मत अन्तरले पछि पार्दै रजोएलिना पुनः नेतृत्वमा आउनुभएको बिहीबार मदागास्करको निर्वाचन आयोगले घोषणा गरेको हो ।
रजोएलिनाले निर्वाचनमा ५५.६६ प्रतिशत मत ल्याउनुभएको आयोगले जनाएको छ । उहाँका प्रतिस्पर्धी राभालोमानानाले ४४.३४ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त हेरी राकोटामानानाले मत परिणामलाई घोषणा गर्दै भन्नुभयो, “दुवै पक्षबाट उठाएका निर्वाचनसम्बन्धी अनियमितताबारे छानविन भै सम्बोधन गर्ने प्रयास गरिएको र कतिपय स्थानका मतलाई पुनः मतगणना गरिएको छ ।”

दुई चरणमा भएको निर्वाचनमा एक अर्का उम्मेदवारलाई निर्वाचनमा धाँधली गरेको आरोप लगाइएपछि निर्वाचन आयोगले उम्मेदवारका गुनासाको अध्ययनपछि मत परिणाम घोषणा भएको राकोटामानानाले बताउनुभयो ।
राष्ट्रपतिमा निर्वाचित रजोएलिना र राभालोमानाना लामो समयदेखिका प्रतिस्पर्धी दुई पूर्व राष्ट्रपति हुन् ।