१ पुष २०८२, मंगलवार
,
Latest
ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयलाई जापानी सहयोग



अ+ अ-

काठमाडौं । धनुषा जिल्लाको नगराइन नगरपालिका–६ लग्मास्थित वासुदेव राष्ट्रिय प्राविको भवन निर्माणका लागि जापान सरकारले रु ९० लाख ५० हजार सहयोग उपलब्ध गराउने भएको छ ।

विद्यालयको भवन निर्माणका लागि रकम उपलब्ध गराउने सम्बन्धमा नेपालस्थित जापानी दूतावासमा बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र विकास फाउण्डेशनका अध्यक्ष श्यामसुन्दर चौधरीले हस्ताक्षर गर्नुभयो ।

जापान सरकारको जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रमअन्तर्गत सो सहयोग गरिएको दूतावासले जनाएको छ ।

हस्ताक्षर कार्यक्रममा सहभागी नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालको शिक्षा, सडकलगायत विकास निर्माणका क्षेत्रमा जापान सरकारको सहयोगको प्रशंसा गर्दै यस्ता कामले नेपाल र जापानबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत साइगोले भवन निर्माणपछि गुणस्तरीय शिक्षामा मद्दत पुग्ने उल्लेख गर्नुभयो । चारसय पच्चिस विद्यार्थी अध्ययनरत सो विद्यालयमा एउटै कक्षामा १२० सम्म विद्यार्थी बसेर कष्टका साथ अध्ययन गर्दै आएकाले भवन निर्माणका लागि पहल गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । रासस