६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली चढेको बस ग्यारेजमा थन्कियो, अब ३०० वटा बस काहाँ थन्काउने ?



अ+ अ-

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको लागि नयाँ बस किन्ने भएको छ । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले उपत्यकाको लागि थप ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको हो ।

बैठकमा सरकारले आफ्नै लगानीमा विद्युतीय बस किन्ने निर्णय गरेको हो । संचार मन्त्रि गोकुल बास्कोटाका अनुसार नेपाल सरकारले आफ्नै लगानीमा कम्तीमा ३०० वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीति लिएको छ ।

अत्याधिक जाम हुने काठमाडौंमा बिधुतिय बस आएपछि ट्राफिक जाम र प्रदुषणको समस्या समाधान हुने मन्त्रि बास्कोटाको भनाई छ । यस्तै भित्रने बसले सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने बास्कोटाको बिस्वास रहेको छ ।

हासालै एशियाली विकास बैंक (एडीबी) को सहयोगमा दुईवटा विद्युतीय बस खरिद गरेपनि चार्जिङ स्टेशनको अभावमा ती बसहरु ग्यारेजमा थन्किएका छन् । लुम्बिनीमा सञ्चालनका लागि ल्याइएका ती बस काठमाडौंमा साझा यातायातले सञ्चालन गरेको थियो । जसको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले चढेर गरेका थिए ।