४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सात वर्षपछि युएईको दूतावास पुनः स्थापना

सात वर्षपछि युएईको दूतावास पुनः स्थापना
अ+ अ-

दमास्कस । युनाइटेड अरब इमिरेट्स (युएई) ले सिरियाको दमास्कसमा आफ्नो राजदूतावास पुनः खोलेको छ । युएईको उक्त कदमले सिरिया सरकारलाई अरब मुलुकको सामिप्यमा ल्याउने विश्वास गरिएको छ ।

सिरियाली सरकार परिवर्तन हुनुपर्ने भन्दै राष्ट्रव्यापी प्रदर्शन भएपछि युएईले सन् २०१२ को फेब्रुअरीमा सिरियासँगको सम्बन्ध विच्छेद गरेको थियो ।

झण्डै सात वर्षपछि दमास्कसमा आयोजित विशेष समारोहमा युएईको झण्डा राजदूतावासमा फहराइएको छ । उक्त कार्यक्रममा कुटनीतिक व्यक्तित्वहरु र पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।

राजदूतावासले जारी गरेको विज्ञप्तिमा हाल कार्यबाहक राजदूतले काम थालिसक्नुभएको उल्लेख छ । दूतावासले दुबै देशबीचको सम्बन्धलाई पुनः सामान्य बनाउन युएई तत्पर रहेको जनाएको छ ।

युएईको राजदूतावास खुल्न लागेको खबर दमास्कसमा केहीदिन अघिदेखि नै फैलिएको थियो । केही दिन अघिदेखि नै दूतावास भवनको मर्मत कार्य हुन थालेको देखिएको थियो ।

सुडानका राष्ट्रपति ओमार अल–बासिरले पनि यही महिनाको शुरुमा सिरियाको भ्रमण गर्नुभएको थियो । युएईले राजदूतावास पुनः खोले लगत्तै बहराइनले पनि आफ्नो राजदूतावास पुनः खोल्ने सङ्केत दिएको छ । यो दूतावास पनि सन् २०१२ को मार्च महिनाबाट बन्द छ ।

सिरियालाई अरब लिगको सदस्यबाट सन् २०१२ मा निलम्बित गरिएको थियो । धेरैवटा खाडी मुलुक र उत्तर अफ्रिकी मुलुकहरुले सिरियाली सत्ता परिवर्तन हुनुपर्ने माग गरिआएका थिए ।

सिरियाली गृहयुद्धका कारण तीन लाख ६० हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।

सन् २००० देखि सत्तामा रहेका सिरियाली राष्ट्रपति असादको शासनसत्ता विद्रोहीको आक्रमण र जनताको तिब्र विरोधका कारण सङ्कटमा परेको थियो । तर, रसियाले सन् २०१५ देखि सैनिक सहायता र फौज उपलब्ध गराएपश्चात असादको शासन टिकेको छ, तर यसको ठूलो मूल्य सिरियाली जनताले चुकाउनु परेको छ ।

सिरियाली सेना र समर्थक लडाकूले सिरियाको अधिकांश भूभाग पुनः कब्जा गरेका छन् । उनीहरुले राजधानी दमास्कस सहित मुलुकका अन्य मुख्य व्यापारिक मार्गहरुमा नियन्त्रण कायम गरेका छन् ।

पछिल्ला केही हप्तादेखि कूटनीतिक गतिविधि सिरिया र दमास्कसमा तिब्र रुपमा बढेका छन् । अर्को वर्षको मार्चमा ट्युनिसमा अरब लिगको बैठक हुन लागेकाले पनि कुटनीतिक चहलपहल बढेको हो ।

सीमा खुलेसँगै हालैका सातामा जोर्डनसँगको व्यापार शुरु भएको छ । वर्षौंपछि बिहीबार दमास्कस–ट्युनिसिया व्यापारिक उडान भएको छ । सन् २०११ पछि पहिलोपटक चाम विङ्स एयरलाइन्सले सिरिया–ट्युनिसिया सिधा उडान गरेको हो ।

दुबै देशबीचको पर्यटक आवागमनलाई यो उडानले मद्दत गर्नेछ, पर्यटन व्यवसायी मोताज तार्बिनले बताउनुभयो । अरु अरब मुलुकले सिरियामाथि के कस्तो व्यवहार गर्दछन् अहिल्यै भन्न नसकिने मोताजको भनाइ छ ।

युएई र बहराइन छ राष्ट्र सम्मिलित “गल्फ कोअपरेसन काउन्सिल”मा सदस्य छन् । यो काउन्सिलले सन् २०१२ देखि नै सिरियामाथि कडा कदमको माग गरि आएका छन् र सिरियाका विपक्षीहरुलाई मद्दत गरिरहेका छन् ।
रासस