२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाबाट पलायन व्यक्तिका गोप्य विवरण सार्वजनिक



अ+ अ-

सियोल । उत्तर कोरियाबाट दक्षिण कोरिया पलायन भएका झण्डै एक हजार व्यक्तिका निजी विवरणहरु सार्वजनिक भएका छन् । कोरियाली एकीकरण मन्त्रालयले राज्य–सञ्चालित पुनस्र्थापना केन्द्रको कम्प्युटरमा रहेका निजी विवरणहरु चोरी (ह्याक) भएको जनाएको छ ।

उत्तर कोरियाबाट पलायन भएर दक्षिण कोरियामा बसोबास गरिरहेका ९९७ जनाको नाम, जन्ममित र ठेगाना सार्वजनिक भएको छ ।

मन्त्रालयले भनेको छ, “उत्तरी ग्योनसाङ प्रान्तको हाना केन्द्रमा रहेको एउटा कम्प्युटर ह्याक भएको थाहा पाएपछि प्रान्तीय सरकारसँगको सहयोगमा डिसेम्बर १९ मा अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट उक्त कम्प्युटरमा व्यक्तिका गोपनीय जानकारी रहेको फाइल चोरी भएको थाहा भयो ।”

मन्त्रालयका अनुसार उत्तर कोरियाबाट पलायन भएका व्यक्तिका गोप्य जानकारी यतिठूलो संख्यामा सार्वजनिक भएको यो पहिलो पटक हो ।

व्यक्तिगत विवरण सार्वजनिक भएका व्यक्तिलाई उक्त घटनाका बारेमा जानकारी गराइएको मन्त्रालयले बताएको छ । साइबर आक्रमणमा जिम्मेवार व्यक्तिका बारेमा अनुसन्धान थालिएको छ । मन्त्रालयले छानबिनमा प्रहरीको सहयोग लिइएको बताउँदै आगामी दिनमा हुनसक्ने ह्याकका बारेमा सचेतता अपनाइने बताएको छ ।

सरकारले तथ्याङ्क भण्डारका लागि प्रयोग हुने कम्प्युटरलाई इन्टरनेटको पहुँचबाट टाढा राख्ने तयारी पनि गरेको छ । रासस