१ पुष २०८२, मंगलवार
,
Latest
ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाबाट पलायन व्यक्तिका गोप्य विवरण सार्वजनिक



अ+ अ-

सियोल । उत्तर कोरियाबाट दक्षिण कोरिया पलायन भएका झण्डै एक हजार व्यक्तिका निजी विवरणहरु सार्वजनिक भएका छन् । कोरियाली एकीकरण मन्त्रालयले राज्य–सञ्चालित पुनस्र्थापना केन्द्रको कम्प्युटरमा रहेका निजी विवरणहरु चोरी (ह्याक) भएको जनाएको छ ।

उत्तर कोरियाबाट पलायन भएर दक्षिण कोरियामा बसोबास गरिरहेका ९९७ जनाको नाम, जन्ममित र ठेगाना सार्वजनिक भएको छ ।

मन्त्रालयले भनेको छ, “उत्तरी ग्योनसाङ प्रान्तको हाना केन्द्रमा रहेको एउटा कम्प्युटर ह्याक भएको थाहा पाएपछि प्रान्तीय सरकारसँगको सहयोगमा डिसेम्बर १९ मा अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट उक्त कम्प्युटरमा व्यक्तिका गोपनीय जानकारी रहेको फाइल चोरी भएको थाहा भयो ।”

मन्त्रालयका अनुसार उत्तर कोरियाबाट पलायन भएका व्यक्तिका गोप्य जानकारी यतिठूलो संख्यामा सार्वजनिक भएको यो पहिलो पटक हो ।

व्यक्तिगत विवरण सार्वजनिक भएका व्यक्तिलाई उक्त घटनाका बारेमा जानकारी गराइएको मन्त्रालयले बताएको छ । साइबर आक्रमणमा जिम्मेवार व्यक्तिका बारेमा अनुसन्धान थालिएको छ । मन्त्रालयले छानबिनमा प्रहरीको सहयोग लिइएको बताउँदै आगामी दिनमा हुनसक्ने ह्याकका बारेमा सचेतता अपनाइने बताएको छ ।

सरकारले तथ्याङ्क भण्डारका लागि प्रयोग हुने कम्प्युटरलाई इन्टरनेटको पहुँचबाट टाढा राख्ने तयारी पनि गरेको छ । रासस