सौराह । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षपदका लागि महाधिबेशन प्रतिनिधिहरु संग मत माग्न सुरु गर्नुभएको छ । यसै गरी उपाध्यक्ष पदमा उपमहासचिब घनश्याम भुसालले पनि उम्मेदबारी घोषणा गर्नुभएको छ ।
बन्दसत्र रोकेर सहमतिका लागि प्रयास भै रहेको समयमा राबल र भुसालले उम्मेबारी घोषणा गर्दे मत माग्न सुरु गर्नुभएको हो ।
महाधिबेशन प्रतिनिधिहरु संग मत माग्दै गर्दा संञ्चारकर्मी संग रावलले भन्नुभयो ‘मैले अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिसकेको छु । अब मेरो उम्मेदवारी पर्छ’ उनले भने, ‘सहमति खोज्ने कुरामा कहाँ के कुरा भयो मलाइ थाहा छैन ।’