• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   सुनचाँदीको पर्याप्त आपूर्ति गर्न दिन व्यवसायीहरुको माग ★   मुलुक जोगाउने हो भने देशलाई अहिले हिडाईएको मार्गचित्र परिबर्तन जरुरी: कमल थापा ★   ‘एक युवा पाँच बिरुवा’ अभियानको शुभारम्भ ★   प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटमः बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण भदौभित्रै गठन गरियोस् ★   द्रविडले कोहलीलाई साथ दिँदै भने – उनको ब्याटबाट ठूलो इनिङ्स आउन बाँकी छ ★   विश्वकप फाइनलमा भारतको जितको कामना गर्दै गंगा आरति ★   ‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’ ★   मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन ★   मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस्: सांसद झा ★   विराट कोहलीका लागि यो विश्वकप अहिलेसम्मकै ‘झुर’

धान उत्पादनमा वृद्धि



वीरगञ्ज । मौसमको अनुकूलता, समयमा बीउबिजन मलखादको उपलब्धता र समयमा पानी परेका कारण बारा जिल्लामा गत वर्षको तुलनामा यसवर्ष १० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ ।

कृषि ज्ञान केन्द्र बाराका अनुसार चालु आर्थिक वर्ष २०७५र७६ मा यस जिल्लाको ६२ हजार ७०० हेक्टर क्षेत्रफलमा तीन लाख ३९ हजार १६७ दशमलव ८५ मेट्रिक टन धान उत्पादन भएको छ । उक्त आँकडा गतवर्ष भन्दा ९५ हजार ९८५ मेट्रिक टनले बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा बारा जिल्लाका ६२ हजार २९५ हेक्टर क्षेत्रफलमा चैतेधान, भदैया र अगहनी धानको खेती गरिएकामा दुई लाख ४३ हजार १८२ दशमलव सात मेट्रिक टन धान उत्पादन भएको थियो ।

तथ्याङ्क हेर्दा अघिल्लो वर्ष बाराका किसानले १२ हजार ११० हेक्टरमा ६५ हजार १५१ मेट्रिक टन चैते धान, १२ हजार १६० हेक्टरमा ५१ हजार ५५८ दशमलव चार मेट्रिक टन भदैया धान र ३८ हजार ३२५ हेक्टरमा १२६ हजार ४७२ दशमलव पाँच मेट्रिक टन अगहनी धान उत्पादन गरेको देखिन्छ ।

मौसमको अनुकूलता, समयमा बीउबिजन तथा मलखाद उपलब्ध भएकोले गतवर्ष भन्दा यसवर्ष बारा जिल्लामा १० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले राससलाई बताउनुभयो ।

जिल्लामा रहेको ६० प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध छ भने बाँकी ४० प्रतिशत जमीनमा आकाशे पानीको भरमा खेती हुने गरेको छ । चुरे पहाडको भेगमा ९९५ हेक्टर जमीन खेतीयोग्य छ भने तराई भेगमा कृषियोग्य जमीन ६१ हजार ८२८ हेक्टर रहेको छ ।

जिल्लाको मध्य र दक्षिणी तराई क्षेत्रमा नदीले बगाइ ल्याएको नरम र दोमट माटो पाइने भएकोले सो क्षेत्रमा बालीनालीको उत्पादन बढ्ने गरेको प्राविधिक सहायक राम भगत महतोले बताउनुभयो ।

बहत्तर दशमलव ९८ प्रतिशत किसान कृषिमा आश्रित रहेको बारामा आर्थिकरूपले सक्रिय जनसङ्ख्या ४६ दशमलव ७३ प्रतिशत रहेको छ । प्रदेश नं २ को ८ जिल्लामा गत वर्षको तुलनामा यसवर्ष दुई लाख नौ हजार मेट्रिक टनले धान उत्पादनमा वृद्धि भएको छ । प्रदेश नं २ मा चालु आर्थिक वर्ष २०७५/७६ मा किसानले १४ लाख ९५ हजार मेट्रिक टन धान उत्पादन गरेका छन् ।

यसैबीच प्रदेश सरकारको नीतिअनुसार ज्ञान केन्द्र बाराले ४० प्रतिशत अनुदानमा आफ्ना २८ वटा डिलरमार्फत यसवर्ष २०० मेट्रिक टन सरकारी अनुदानको गहुँको बीउ किसानलाई वितरण गरेको छ । रासस